चीनका विदेशमन्त्रीको नेपाल भ्रमणलाई कसरी उपयोग गर्ने ?

तीनदिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदैछन् । नेपाल र चीनबीचमा अहिले आपसी सहयोगका क्षेत्रहरु पहिचान भइसकेका छन् । ती पहिचान भएका क्षेत्रहरुलाई कार्यक्रमिक रुपमा अब अघि बढाउनु जरुरी छ । 

अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रधानमन्त्रीत्वकालमा चीनसँग केही ऐतिहासिक र रणनीतिक महत्व राख्ने सहमति भएका छन् । अब ती सहमतिलाई कार्यक्रमिक रुपमा गति दिनु पर्ने खाँचो रहेको छ । अर्को कुरा भनेको चिनियाँ विदेशमन्त्रीको अहिलेको भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिङ्गको आगामी नेपाल भ्रमणको तयारी पनि भएको बताइँदै आएको छ । त्यसैले नेपाली पक्ष ठोस कार्यक्रम र एजेण्डा बनाएर प्रस्तुत हुनु जरुरी हुन्छ । 

एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

चीनका राष्ट्रपतिको तहबाट नेपालको भ्रमण हुन नसकेको २३ वर्ष भइसकेको छ । सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ्ग जेमिनबाट नेपाल भ्रमण भएकोमा त्यसपछि सो तहबाट भ्रमण हुन सकेको छैन । प्रधानमन्त्री तहबाट पनि नेपालको भ्रमण नभएको लामो समय भइसकेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री वेन जियाबाओले पछिल्लो पटक १४ जनवरी  २०१२ मा नेपाल भ्रमण गर्नुभएको थियो ।

जब ईन्दिरा गान्धीलाई बिपीले भने, ‘तिम्रो सोमत रहेनछ’

नेपालले यो बीचमा पटकपटक चिनियाँ राष्ट्रपतिलाई भ्रमणको निम्तो दिएको भए पनि भ्रमण हुन सकेको छैन ।  यो कालखण्डमा नेपालमा अस्थिरता भएका कारण उच्चस्तरको भ्रमण नभएको हुन सक्छ । पहिला माओवादी सशस्त्र विद्रोहका क्रममा अस्थिरताको अवस्था थियो भने पछि नेपाल संविधान निर्माणको क्रममा गुज्रिएको थियो ।  अहिले नेपाल स्थिरतातर्फ अघि बढिरहेको छ । त्यसैले नेपाल र चीनबीचको सम्बन्धलाई अब ‘रिएक्टिभेट’ गरेर अघि बढ्नु जरुरी देखिएको छ । 

प्रकाशित मिति: : 2019-09-08 11:07:03

प्रतिकृया दिनुहोस्