प्रधानमन्त्री सपना देखाउने, मुख्यमन्त्री नाच्ने !

सुरुमा अब्बल देखिएको प्रदेश ३ सरकार अहिले हरेक काममा ढिलो हुँदै गएको छ । यो दुई वर्षको अवधिमा प्रदेश ३ सरकार कमजोर देखिएको छ । व्यवस्थापकीय पक्षबाट मात्र होइन, सरकारको काम गर्ने शैलीबाट पनि यो सरकार असफलताको दिशातिर अघि बढ्दै छ । प्रदेश सरकारले राम्रो काम गरोस, जनताको भावना अनुसार अघि बढोस् भन्ने हाम्रो चाहना हो । यसमा हाम्रो सहयोग रहन्छ नै ।

प्रदेश ३ सरकारले गर्ने कुनै पनि काम समयमा हुँदैन । ढिलो हुन्छ, त्यो पनि प्रभावकारी हुँदैन । कृषि, सिंचाइ, खानेपानी, सडकका कामहरु ‘सिजन अफ’ भएपछि सुरु हुन्छन् । यसबाट जनतालाई दिनु पर्ने सेवा बेलामा दिइँदैन । असारमा टेण्डर खोलिन्छ । जसबाट लक्ष्य पूरा हुँदैन । यसबाट लक्षित वर्गसम्म सेवा पुग्दैन ।

अर्थशास्त्रको सिद्धान्त अनुसार अर्थतन्त्रलाई राम्रोसँग चलायामान हुनलाई रुपैयाँ बजारमा आउनु पर्छ । त्यो हुन सकेको छैन । रुपैयाँ बजार आएपछि मात्र त्यसले लक्ष्य हासिल गर्छ । यसमा प्रदेश ३ सरकार चुकेको छ । बजेट आउँछ, तर खर्च हुँदैन । बजेटमा आएको रकम खर्च हुनुपर्‍यो । तर, यहाँ हुँदैन । जसबाट प्रदेश ३ मा आर्थिक प्रगति हुन सकेको छैन । बजेट छुट्टयाइन्छ, तर काम हुँदैन । जसबाट बजेटमा छट्याएको रकम हामीलाई कागलाई बेल पाक्यो, हर्ष न विस्मातझैं भएको छ 

जब ईन्दिरा गान्धीलाई बिपीले भने, ‘तिम्रो सोमत रहेनछ’

प्रदेशको राजधानी नतोकिनु र नामाकरण हुन नसक्नु प्रदेश सरकारको अर्को ठूलो कमजोरी हो । बच्चा जन्माएपछि त्यसको न्वारान गर्नुपर्छ । तर, यहाँ न्वारान गर्ने काम अर्थात् नाम तोक्ने काम भएको छैन । राजधानी तोक्ने काम पनि हुन सकेको छैन ।आफूसँग दुई तिहाइ हुनेले त्यो अधिकार प्रयोग गरेर निर्णय गर्नुपथ्र्यो । तर, प्रदेश ३ सरकारको हकमा त्यस्तो हुन सकेको छैन । विकास, योजना, समृद्धि र सुख नारामात्र भएको छ । काम हुन सकेको छैन ।

प्रकाशित मिति: : 2019-09-08 11:00:34

प्रतिकृया दिनुहोस्