डिएसपीले 'तँ गद्दार' भन्दै हातपात गरेको वडाध्यक्षको आरोप, माफी नमागे कानुनी कदम चाल्ने चेतावनी

तस्बिरः नेपाललाइभ

काठमाडौं- डिएसपीले नै अपशब्द प्रयोग गर्दै आफूमाथि हातपात गरेको एक वडाध्यक्षले आरोप लगाएका छन्।

 दोलखाका डिएसपी मानबहादुर राईले आफूमाथि हातपात गरेको भन्दै दोलखाको भीमेश्वर नगरपालिका–४ का वडाध्यक्ष हरिवंश चौलागाईंले विज्ञप्ति जारी गरेका हुन्।

वडाध्यक्ष चौलागाईंसहितको टोली हिजो बिहीबार दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालय दोलखा पुगेको थियो। भीमेश्वर–४ कै बोलेरो चालक पवन बस्नेतको हत्याको अनुसन्धान कहाँ पुग्यो भनेर बुझ्न जाँदा आफूमाथि गालीगलौज गर्दै हातपात भएको वडाध्यक्षको आरोप छ।

वडाध्यक्ष चौलागाईंले नेपाल लाइभसँग भने, ‘हामी जिल्ला प्रहरी कार्यालय दोलखा पुग्दा डिएसपी राई कार्यकक्षमा थिएनन्। हामीले मुद्दाका सई बस्नेत हत्याको अनुसन्धान बारेमा जानकारी लिँदै थियौं। त्यसबेलै डिएसपी सा'प आएर अनुसन्धानमा प्रभाव पार्ने भन्दै गालीगलौज गर्नुभयो।’

प्रकाशित मिति: : 2019-08-30 11:35:38

प्रतिकृया दिनुहोस्