जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउछ– मणि थापा (भिडियोसहित)

तस्बिरः बिएल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य मणि थापाले सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले र पार्टीको नेतृत्व अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेगरि पार्टीभित्र छलफल अघि बढेको बताएका छन्।

आइतबार एक साक्षात्कारमा बोल्दै उनले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कार्यविभाजन हुनेपनि बताए। उनले पार्टीभित्र अब कार्यविभाजनको अवधारणाबारे बहस सुरु भएको बताए। थापाले नेकपाको नेतृत्वको दुई तिहाई बहुमतको सरकारले सही प्रस्तुती गर्न नसकेको हो कि भन्ने जिज्ञासा जनतामा पैदा भएको बताए। उनले नेकपाभित्र पनि केही कमजोरीहरु रहेको भन्दै जतिसक्दो चाँडै पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरे।

सरकारमा भएका केही मन्त्रीहरुको प्रस्तुति र कार्यशैली त्यति राम्रो नभएको भनेर बाहिर टिकाटिप्पणी भएको कुरा सत्य भएको सुनाउँदै अब फ्रेश युवाहरुलाई मन्त्री बनाउनेपनि थापाले बताए।

 

प्रकाशित मिति: : 2019-09-15 17:54:56

प्रतिकृया दिनुहोस्