सत्य निरुपण आयोगलाई बदला लिन प्रयोग गरियो: अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, फाइल तस्बिर

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

सहिद प्रष्तिठानको ११ औं साधारणसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले आयोगको संयोजकमा दलहरुबीच समझदारी भएसँगै जटिलता देखा परेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले तपाईले जसलाई भन्न्नुहुन्छ, उसलाई संयोजक बनाउँछु भनेको उनले सुनाए । तर अहिले प्रधानमन्त्री ओलीले फरक संयोजक बनाएको भन्दै उनले आपत्ति जनाए ।

प्रचण्डले भने, ‘अहिले पनि यो प्रक्रिया सकारात्मक ढंगले टुंगोमा पुग्न नदिने, उद्योगका रुपमा चलाउने र आयोगलाई बदला लिन प्रयोग गर्ने प्रयास भइरहेको छ ।’आफू प्रधानमन्त्री हुँदा माओवादी जनयुद्धमा ज्यान गुमाएकाहरुलाई सहिद घोषणा गर्ने निर्णय गरेको भएपनि अहिले फाइल नै गायब पारेको पाइएको उनले सुनाए ।

प्रकाशित मिति: : 2019-09-15 16:40:44

प्रतिकृया दिनुहोस्