नेपाल-चीन व्यापार सम्झौता पुनरावलोकन गर्ने तयारी, ४० नेपाली वस्तुमा ‘ड्युटी फ्री’ गर्न पहल

हेमन्त जोशी

काठमाडौं- नेपालले चीनसँगको व्यापार सम्झौता पुनरावलोकन गर्ने भएको छ। नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न र निर्यात प्रक्रिया ‍थप सहज बनाउन नेपाल-चीन व्यापार सम्झौतामा हेरफेर गर्न लागिएको हो। 

नेपाल-चीन व्यापार सम्झौताका केही विषय हेरफेर गर्न लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव तथा द्विपक्षीय व्यापार तथा पारवहन शाखा (चीन) प्रमुख पार्वती अर्यालले जानकारी दिइन्। अर्यालका अनुसार नेपालमा उत्पादित वस्तु चीनमा निर्यात गर्न थप सहज वातावरण बनाउन ‘ड्युटी फ्री’ र गुणस्तरमा एकरुपतालगायतका विषय हेरफेर गर्न लागिएको हो। 

प्रकाशित मिति: : 2019-06-22 17:47:28

प्रतिकृया दिनुहोस्