माल्दिभ्सको निर्वाचन आयोगले शुक्रबार सत्तारुढ दल माल्दिभ्स डेमोक्र्याटिक पार्टी (एमडीपी) विजयी भएको घोषणा गरेको छ ।
केही दिन अगाडि भएको निर्वाचनबाट माल्दिभ्सको संसदको कूल ८७ सिटमध्ये ६५ सिटमा सो पार्टी विजयी भएको घोषणा गरिएको हो ।
निर्वाचन आयोगका प्रवक्ता अहमद अक्रामले सिन्ह्वालाई दिएको जानकारी अनुसार माल्दिभ्सको इतिहासमै एउटै पार्टीले पहिलो पटक यति धेरै सिटमा जित हासिल गरेको हो ।
पूर्वराष्ट्रपति अब्दुल्ला यमिनको प्रोग्रेसीभ पार्टी अफ माल्दिभ्स र पिपल्स नेशनल कँग्रेसले संयुक्तरूपमा आठ सिट जितेको आयोगले जनाएको छ ।
त्यसैगरी जुम्हुरी पार्टीले पाँच, माल्दिभ्स डेभलपमेन्ट एलाइन्सले दुई सिटमा जित हासिल गरेको प्रवक्ता अक्रामले जानकारी दिए।
आयोगका अनुसार अरू सात जनाले स्वतन्त्र उम्मेदवार भएर संसदमा आफ्नो सिट सुरक्षित गरेका छन् ।
पूर्वराष्ट्रपति यमिनलाई जबरजस्ती हटाइएपछि माल्दिभ्समा गत शनिबार पहिलो पटक आम निर्वाचन भएको हो ।
गत सेप्टेम्बरमा भएको निर्वाचनबाट अहिलेको सत्तारुढ दलका नेता मोहम्मद इब्राहिम सोलिह विजयी भएपछि यमिन सत्ताबाट बाहिरिएका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया