बहिनीलाई बलात्कार गरेको आरोपमा दाजुलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले १५ वर्षिया बहिनी बलात्कारको आरोपमा दाजुलाई पक्राउ गरेको हो।
प्रहरी निरिक्षक लक्ष्मण ओलीका अनुसार करिब साढे १ महिनाअघि भएको घटनामा पीडितलाई पीडकले धम्की दिएपछि गुपचुप थियो। पीडित बालिकाले केही महिनापछि फुपुलाई घटना सुनाएपछि घटना प्रहरीसम्म पुगेको हो।
पीडितको फुपुुले दिएको जाहेरीका आधारमा हाडनाताभित्र बलात्कार गर्ने २५ बर्षिय दाजु पर्नेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले बताए।
असोज महिनामा साथीको घरमा सुतेको अवस्थामा दाजुले राती ११ बजे ढोका खोल्न लगाई एकछिन काम छ भन्दै ट्वाईलेट पछाडी लगि जबरजस्ती करणी गरी कसैलाई भनेमा मार्छु भन्ने धम्कीसमेत दिएको पीडितले प्रहरी समक्ष बयान दिएको उनले बताए।
आरोपीलाई तत्काल पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको एसपी वास्तोलाले जानकारी दिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया