पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयमा आगलागी

तस्बिरः एजेन्सी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ।

उनको सचिवालयमा सोमबार दिउसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन्। संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए।

कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहेको सल्लाहकार मिर्जाले जानकारी दिए।

आगलागी भएको थाहा पाउने वित्तिकै अग्नीनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सवैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए।

विद्युत सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति: : 2019-04-09 00:52:25

प्रतिकृया दिनुहोस्