भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु

प्रतिकारत्मक तस्बिर

चितवनको भरतपुरमा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासी (पूर्व) गैंडाकोट बस्ने ५५ वर्षीय खागिराम रानामगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति ११ बजे ना७त ४७० नम्बरको ट्याक्टरमा धान लोड गरेर ल्याउने क्रममा भरतपुर महानगरपालिका–२६ खयरघारीमा ट्याक्टरबाट खस्दा उनलाई पछाडिको चक्काले किचेको थियो।

रानामगरको घटनास्थलमा नै मृत्यु भएको र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-11-26 14:05:46

प्रतिकृया दिनुहोस्