युवा लेग स्पीनर सन्दीप लामिछानेले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको क्रिकेट खेल नखेल्ने भएका छन्।
सन्दीपका व्यवस्थापक रमन शिवाकोटीका अनुसार केही महिनादेखि उनको आँखा समस्या देखिएको र सोमबार मात्र लेजर राखेकाले साग नखेल्ने भएका हुन्।
चश्मा लगाएर खेल्न केही गाह्रो हुने भएकाले सन्दीपले साग नखेल्ने उनले बताए।सन्दीपले कम्तीमा दुई साता आराम गर्ने उनले जानकारी दिए।
आगामी फेब्रुअरीमा नेपालले त्रिकोणात्मक सिरिज खेल्दैछ र त्यसैलाई मध्यनजर गर्दै अहिले आराम लिन लागेको शिवाकोटीले जानकारी दिए।
सागमा अब उनको स्थानमा बैकल्पिक खेलाडीमा रहेका रोहितकुमार पौडेल, भीम सार्की र सागर ढकाल मध्ये एकले मौका पाउनेछन्।
पुरुष टी–ट्वान्टी क्रिकेटमा नेपालले पहिलो प्रतिद्वन्दी टेष्ट राष्ट्र श्रीलङ्कालाई पाएको छ। नेपाल र श्रीलङ्काबीचको खेल यही मङ्सिर १७ गते हुनेछ। टेस्ट टिमका यु–२३ टिम सहभागी हुनेछन्।
सागको पुरुषतर्फ विभिन्न पाँच टोली सहभागी छन्। यसमा नेपालसहित श्रीलङ्का, बङ्गलादेश, भूटान र माल्दिभ्स रहेका छन्। भारत र पाकिस्तान भने सहभागी छैनन्।
त्यसैगरी नेपालले मङ्सिर १९ गते भूटानसँग दोस्रो खेल खेल्नेछ भने तेस्रो खेल २० गते माल्दिभ्सको सामना गर्नेछ। नेपालले अन्तिम खेल मङ्सिर २१ गते बङ्गलादेशसँग खेल्नेछ। राउण्ड रोबिनको आधारमा हुने पुरुष क्रिकेटको शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्र्धा गर्नेछन्।
यस्तै तेस्रो र चौथो स्थानमा रहनेले कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछन्। उक्त प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया