सोमबार, १५ डिसेम्बर २०२५

लता मंगेशकर आईसीयूमा,छातिमा भाइरल इन्फेक्सनको समस्या

News Image
तस्बिरः एजेन्सी
• • •

सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् ।

सामाचार एजेन्सी पीटीआईले स्रोतलाई उद्धृत गर्दै लेखेअनुसार ९० वर्षीया लता मंगेशकरलाई मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ।

छातिमा भाइरल इन्फेक्सनको समस्या देखिएपछि सोमबार दिउँसो उनलाई अस्पताल लगिएको थियो । लता मंगेशकरको तर्फबाट अनुशा श्रीनिवासनले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– 'लता मंगेशकरको उमेरको ख्याल राख्दै अस्पतालमा भर्ना गरिएको छ र स्वास्थ्य स्थिर छ '।


भारत रत्न, दादा साहब फाल्केजस्ता सम्मानबाट सम्मानित लता मंगेशकर भारतीय सिनेमा जगतको सर्वश्रेष्ठ गायिका मानिन्छिन् । उनले कैयौं नेपाली गीत पनि गाएकी छन् ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!