प्रहरीले दुई जना हत्या आरोपीलाई १७ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको खनियाबासका ४२ वर्षीय गोम लामा तामाङ र काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ३७ वर्षीय सुक लामा तामाङ छन् ।
विसं २०५९ कात्तिक २९ गते धादिङको खनियाबास गाउँपालिका–३ का २४ वर्षीय परशुराम तामाङलाई खुकरी प्रहार गरी हत्या गरी दुवै जना फरार भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
घटनापछि गोम वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेटस् (युएई) मा तीन वर्ष बसी फर्केका व्यक्ति हुन् । पछिल्लो समय उनी काठमाडौँमा आएर कृषि फार्म तथा घर जग्गाको व्यवसाय गर्दै आएका थिए । यस्तै सुक कतार तथा मलेसियामा ६ वर्ष बसेर मूलपानीमा होटल सञ्चालन गरी लुकीछिपी बस्दै आएको ब्यूरोले जनाएको छ ।
ब्यूरोको महारागजञ्जबाट खटिएको टोलीले दुवै जनालाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाबाट आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धादिङलाई बुझाएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया