बुधबार, १७ डिसेम्बर २०२५

अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर,तीन जना समातिए

News Image
प्रतिकात्मक तस्बिर
• • •

इलाका प्रहरी कार्यालय तुलसीपुरले अपहरणकारीलाई पक्राउ गर्न दुई राउन्ड हवाई फायर गरेको छ।

तुलसीपुर उपमहागरपालिका वडा नं.३ खमारीका अपहरणकारी १९ वर्षीय विमल वली, नविन नेपाली र २६ वर्षीय दुजबहादुर खत्रीलाई नियन्त्रणमा लिन दुई राउन्ड फायर गर्नु परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले जानकारी दिए ।

गत शनिबार उनीहरुले मोटरसाइकलमा फर्कदै गरेका एक युवा र युवतीलाई बन्धक बनाइ अस्लिल भिडियो समेत बनाएका थिए। सो भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै ५ लाख रुपैयाँ माग गरेका थिए।

डिएसपी योगीका अनुसार पक्राउ परेका तीन जना र फरार २३ वर्षीय इश्वर पुन र २० वर्षीय अर्जुन पुन समेत गरी ५ जना युवाले अपहरणपछि सडक खण्डदेखि ५० मिटर माथि टाकुरामा लगी कुटपिट गरेका थिए।

शनिबार नै दिउँसो साढे ३ बजेतिर रा ४ प ६०८३ नम्बरको मोटरसाइकलमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारीस्थित चमेरे गुफाबाट फर्किँदै गर्दा उनीरुलाई स्थानीय युवाहरुले बन्धक बनाएका हुन्।

सोही जाहेरीका आधारमा सोमबार विहानै तुलसीपुर ३ खमारी क्षेत्रमा प्रहरी परिचालित भएको थियो। अपहरणकारी भाग्न खोजेपछि नियन्त्रणमा लिन दुई फायर गर्नु परेको डिएसपी योगीले बताए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!