ठगी आरोपमा पक्राउ परेका चर्चित व्यापारी तथा पूर्वअर्थ सहायक मन्त्री रुप ज्योति ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
ज्योतिलाई आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएको ५ दिनको समय दिइएको काठमाडौं प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो ।
प्रहरीले शुक्रबार ज्योतीलाई म्याद थपका लागि जिल्ला अदालत पेश गरेको थियो । प्रहरीले पाँच दिनको म्याद मागे पनि अदालतले ३ दिनको म्याद दिएको थियो ।