प्रधानमन्त्रीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ जना कार्यकता लाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई ललितपुरको लुभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा पाँचथर घर भई ललितपुर धापाखेल बस्ने निकुम्ज सेवा,भक्तपुर ब्यासी घर भई धापाखेल बस्ने विजेशप्रसाद ढकाल,काभ्रे घर भई ललितपुर महानगरपालिका २८ बस्ने जीतबहादुर खपांगी र भोजपुर घर भई काठमाडौं काँडाघारी बस्ने पेम्बा जम्बु शेर्पा रहेका छन् ।
प्रहरीले उनीहरुमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको कसूरमा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद लिएको ललितपुरका डीएसपी सन्तोष तामाङले बताए ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया