बिएल संवाददाता
छोराको उपचारका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षकी भद्रकुमारी पाठक हराएकी थिइन्।
पाटन मानसिक अस्पतालमा उपचाररत छोरा हराएपछि उनकै खोजीमा भौतारिएकी पाठक गंगबुको हिमालय वृद्धाश्रम पुगेकी थिइन।
सडकमा बोरा बोक्दै हिँडेको देखेपछि प्रहरीले नै उनलाई आश्रम पुर्याएको थियो।
उनका पाँच छोरासहित दुई छोरी छन्। तर सबैजना लाखापाखा लागिसकेका छन्। कान्छा छोराले मानसिक सन्तुलन गुमाइसकेपनि चारै छोराले गरिखाइरहेका छन्। तर आमालाई वास्तै गर्दैनन्
साँइलो छोराले त काठमाडौंमा नै घर ठड्याएका छन्। तर आमाको लाग भने ठाउँ छैन।
छोराछोरी भएपनि टुहुरीजस्तै बनेकी भद्रकुमारीले अहिले साथ पाएकी छिन्। त्योपनि जेठो ज्वाँइको।
८८ वर्षकी भद्रकुमारी आश्रममा बसिरहेको थाह पाएपछि हेटौंडाका मधुकर बर्ताैला (ज्वाँइ) आश्रम पुगे। अनि सासुआमालाई लगेर गए।
आश्रममा बसिरहेकी सासुलाई घर लैजाँदा–लैजाँदै भने, ‘आमाको छोराहरू भएपनि हाम्रो लागि मरिसके। उहाँलाई मैले सासु होइन आमा बनाएर लैजादैछु। उहाँको म ज्वाँइ होइन छोरा हुँ। उहाँको सम्पत्ति मलाई एक रुपैयाँ पनि चाहिँदैन। बाँचुञ्जेल पाल्नेछु।’
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया