
बिएल संवाददाता
छोराको उपचारका लागि नुवाकोटबाट काठमाडौं आएकी ८८ वर्षकी भद्रकुमारी पाठक हराएकी थिइन्।
पाटन मानसिक अस्पतालमा उपचाररत छोरा हराएपछि उनकै खोजीमा भौतारिएकी पाठक गंगबुको हिमालय वृद्धाश्रम पुगेकी थिइन।
सडकमा बोरा बोक्दै हिँडेको देखेपछि प्रहरीले नै उनलाई आश्रम पुर्याएको थियो।
उनका पाँच छोरासहित दुई छोरी छन्। तर सबैजना लाखापाखा लागिसकेका छन्। कान्छा छोराले मानसिक सन्तुलन गुमाइसकेपनि चारै छोराले गरिखाइरहेका छन्। तर आमालाई वास्तै गर्दैनन्
साँइलो छोराले त काठमाडौंमा नै घर ठड्याएका छन्। तर आमाको लाग भने ठाउँ छैन।
छोराछोरी भएपनि टुहुरीजस्तै बनेकी भद्रकुमारीले अहिले साथ पाएकी छिन्। त्योपनि जेठो ज्वाँइको।
८८ वर्षकी भद्रकुमारी आश्रममा बसिरहेको थाह पाएपछि हेटौंडाका मधुकर बर्ताैला (ज्वाँइ) आश्रम पुगे। अनि सासुआमालाई लगेर गए।
आश्रममा बसिरहेकी सासुलाई घर लैजाँदा–लैजाँदै भने, ‘आमाको छोराहरू भएपनि हाम्रो लागि मरिसके। उहाँलाई मैले सासु होइन आमा बनाएर लैजादैछु। उहाँको म ज्वाँइ होइन छोरा हुँ। उहाँको सम्पत्ति मलाई एक रुपैयाँ पनि चाहिँदैन। बाँचुञ्जेल पाल्नेछु।’
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया