मङ्गलबार, १३ जनवरी २०२६

चारदेशीय टी-२० सिरिजमा कुवेतसामु नेपाल स्तव्ध, बसिरको उत्कृष्ट इनिङ गयो खेर

नेपाललाई हराउँदै कुवेतले चारदेशीय टी-२० सिरिजको उपाधि हात पारेको छ। हङकङमा आइतबार सम्पन्न फाइनल खेलमा कुवेतले नेपालमाथि तीन रनको जित निकालेको हो। कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १७१ रन मात्रै बनाउन सक्यो। नेपालका लागि बसिर अहमदले उत्कृष्ट पारी खेलेपनि जित दिलाउन सकेनन्। नेपालको ब्याटिङ लाइन धारासायी हुँदा सम्हाल्न आइपुगेका बसिरले ४३ बलमा ४ छक्का र ८ चौकासहित ८० रन जोडेपनि जित दिलाउन सकेनन्। नेपालका लागि कुशल भुर्तेलले ३ र कप्तान रोहित पौडेलले ७ रन जोड्दा आसिफ सेखले १४ बलमा २१ रन बनाए। कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

चारदेशीय सिरिज जित्न नेपालले पायो १७५ रनको लक्ष्य, जवाफी ब्याटिङ गर्दै

हङकङमा जारी चारदेशीय टी-२०आई सिरिजको उपाधिका लागि नेपालले नेपालले १७५ रनको लक्ष्य पाएको छ। नेपालले टस जितेपछि पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७४ रन बनायो। कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए। त्यस्तै क्लिन्टो एन्टोले २६, मोहम्मद उमर अब्दुल्लाले २३ रन बनाउँदा मिट भावसारले १६ रन बनाए। बलिङतर्फ नेपालका नन्दन यादव र सोमपाल कामीले समान २-२ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट लिए।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

चारदेशीय टी-२० सिरिज फाइनलः नेपाल टस जितेर फिल्डिङमा, कुवेतको आक्रमक सुरुवात

हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले टस जितेर पहिला फिल्डिङ गरेको छ। कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपाल फिल्डिङमा उत्रेको हो। ताजा अवस्थामा कुवेतले ३ ओभरको समाप्तिमा बिना विकेटको क्षति ४० रना बनाएर खेलिरहेको छ। नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो । यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - हङकङ

हङकङ टी-२०आई प्रतियोगिताको फाइनल: नेपाल र कुवेत खेल्दै

हङकङमा जारी चारदेशीय टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै छन्। खेल मोङ कोकमा बिहान सवा ११ बजेदेखि सुरु हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित गर्ने निर्णयप्रति पाँच बोर्ड सदस्यले दर्ता गरे ‘नोट अफ डिसेन्ट’

युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीको नाम सम्बोधन गरी जारी गरिएको नोट अफ डिसेन्टमा भनिएको छ,‘...प्रतियोगिता स्थगित (क्यान्सिल) कुराको गम्भीर असहमति छ। २०८२ जेठ ३ देखि १० गतेसम्मै होस् । स्थगितको असहमति (नोट अफ डिसेन्ट) राख्न चाहन्छौं ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कुशल र आसिफको अर्धसतकसँगै कुवेतमाथि नेपालको जित

कुवेतविरुद्ध नेपालका ओपनर आसिफ शेखले पनि अर्धशतक पूरा गरेका थिए। आसिफले ३४ बलमा अर्धशतक पूरा गरे। अर्धशतक पूरा गरेलगत्तै ५३ रन बनाएर आउट भए। यसअघि ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चार देशीय टी-२० खेल्न हङकङ जाने क्रिकेट टोलीको बिदाई

हङकङ-चाइनाको आयोजनामा हुने चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार राष्ट्रिय टिमको बिदाइ गरेको हो। नेपालले हङकङमा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो। छनोट भएका खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, शाहव आलम र रिजन ढकाल छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डीपीएल खेलिरहेका बंगलादेशी पूर्वकप्तानलाई हृदयघात, हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइयो

ढाका प्रिमियर लिग (डीपीएल) खेल्ने क्रममा उनलाई हृदयघात भएको हो। उनलाई तत्काल हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको थियो। मोहम्मदन स्पोर्टिङ क्लबबाट खेलेका उनी शिनपुकुर क्रिकेट क्लबविरुद्ध खेल्ने क्रममा फिल्डिङ गरिरहेका बेला अचानक हृदयघात भएर ढलेका थिए। हृदयघातबाट अचेत भएका उनको स्वास्थ्यमा सुधार आएको बंगलादेश क्रिकेट बोर्डले पुष्टि गरेको छ। राष्ट्रिय टोलीका पूर्व ओपनर तथा बीसीबीका क्रिकेट अपरेशन म्यानेजर, शहरियार नाफीसले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तमिम इकबाल होशमा आएका छन्, र उनलाई सीसीयूमा राखिएको छ। कृपया तमिमको लागि प्रार्थना गर्नुहोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - बंगलादेश

सावित्रा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार बाट सम्मान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चारदेशीय सिरिजमा चौथो भएर फर्कियो नेपाली महिला टोली

वुमन्स डे महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किको छ। बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरू नेपाल फर्किएका हुन्। प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए। विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरू भएको बताईन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपालले हरायो हङकङलाई

युगान्डामा भइरहेको वुमन्स डे टी-२० कपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई हराएकाे छ। शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो। हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

युगान्डाविरुद्ध दोस्रो जितको खोजीमा नेपाल

आजको पहिलो खेल नामिबिया र हङकङबीच हुनेछ भने दोस्रो खेलमा घरेलु टोली युगाण्डा र नेपाल भिँड्दै छन्। खेल अपराह्न पौने ५ बजेदेखि सुरु हुनेछ। जारी सिरिजमा कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आजको खेलमा सुधार ल्याउने अपेक्षा गरिएको छ। नेपालले, जारी सिरिजमा चार खेल खेल्दा एकमा मात्र जित हात पारेको छ। आजै हुने नामिबिया र हङकङबीचको पहिलो खेलको विजेताले फाइनल खेल्ने पक्का हुनेछ । नेपालले भोलि अन्तिम खेलमा हङकङसँग खेल्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चार देशीय महिला टी-२० सिरिज- आज नेपाल र नामिबिया भिड्दै

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछ। जारी सिरिजमा नेपालले तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ। नेपालले आयोजक युगाण्डालाई हराएको थियो भने नामिबिया र हङकङसँग पराजित भएको थियो। यस्तै, नामिबियाले पनि एकमा जित र दुईमा हार बेहोरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वाेच्चले फर्काइदियो मन्त्रीले खोसेका राखेपका चार सदस्यको पद

ओली सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राजनीतिक प्रतिशोध साँधेर परिषद्का चार जना सदस्यहरू कुसारीसहित अन्जन धमला,  जनक बर्तौला र मोहमद फाजिलको पद खोसेका थिए। मन्त्रीको निर्णयविरुद्ध चारै जनाले सर्वोच्च अदालतमा मुद्धा दायर गरेको थिए। सर्वाेच्चले यसअघि सो मुद्धामा अन्तरिम आदेश पनि जारी गरेको थियो। मंगलबार शर्मा र ढुङ्गानाको इजलाशले ती मुद्धामा रिट जारी गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘बी’ डिभिजन लिग आजदेखि : १४ टाेली भिड्दै

प्रतियोगितामा १४ क्लबले प्रतिस्पर्धा गर्दै छन्। ‘बी’ डिभिजनमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहिद स्मारक ‘बी’ डिभिजन लिग आइतबारबाट सुरु हुने

तीन वर्षपछि हुन लागेको ‘बी’ लिग सम्पूर्ण तयारी सकिएको एन्फाले जनाएको छ। एन्फाले आज पत्रकार सम्मेलनमा बी लिग दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सञ्चालन हुने जनाएको छ। लिगमा १४ क्लबले सिंगल राउन्ड रोबिन आधारमा लिग खेल्नेछन्। लिग अवधिभर ९१ खेल हुनेछन्। लिगमा आरसीटी, श्री भगवती क्लब, टुसाल युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, ब्वाइज युनियन क्लब, मध्यपुर युथ क्लब, च्यासल युथ क्लब, श्री कुमारी क्लब, बाँसबारी क्लब, नयाँ वस्ती युथ क्लब, सरस्वती युथ क्लब, वीरगञ्ज युनाइटेड क्लब, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेडले ए-डिभिजन उक्लन दाबेदारी प्रस्तुत गर्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईसीसी च्याम्पियन्स ट्रफी फाइनल: भारत र न्युजिल्यान्ड भिड्दै

त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो। यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो। आइतबार हुने फाइनलमा न्युजिल्याण्डले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युगाण्डा भ्रमणमा जान लागेको महिला क्रिकेट टोलीको बिदाई

बुधबार नेपाल क्रिकेट संघ क्यानले मुलपानीस्थित क्यानको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी यही मार्च ८ देखि युगाण्डामा हुने चारदेशीय महिला टी-२०आई शृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाई गरेको हो। शृंखलामा नेपाल, युगाण्डा, हङकङ र नामिबियाको सहभागिता रहने छ। बिदाई कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव लिनका लागि यो खेलले सहयोग पुग्ने बताए। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको भन्दै अब जित र हारको मुल्यांकन सुरु भइसकेको पनि बताए। उनले भने, ‘हामी नयाँ ठाउँमा क्रिकेट खेल्न गइरहेका छौं। खेलाडीहरूले जति नयाँ ठाउँमा खेल्दै गयो त्यति नयाँ अनुभवहरू लिन सकिन्छ। महिला क्रिकेटमा पहिले भन्दा अहिले चासो बढेको छ। पहिला खेल्दा खासै मतलब हुँदैनथ्यो तर अब जित र हारको मुल्यांकन सुरु भइसकेको छ। हामी तपाईंहरूमा विश्वास गर्छौं, राम्रो क्रिकेट खेलेर फर्कनु हुनेछ भन्ने आशा छ र शुभकामना पनि दिन चाहान्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त प्रशिक्षक रोस भन्छन्: नेपाललाई साफ च्याम्पियिनसिप जिताउँछु, तर…

प्रशिक्षक नियुक्त भएको भोलिपल्ट अर्थात सोमबार एन्फाले नवनियुक्त प्रशिक्षक र पत्रकारबीच पत्रकार सम्मेलन गर्‍यो। पत्रकार सम्मेलनमा बोल्दै नवनियुक्त प्रशिक्षक रोसले आफ्नो पहिलो लक्ष्य- नेपाललाई साफ च्याम्पियनसिप जिताउने भएको बताए। उनले भने, ‘हाम्रो लक्ष्य भनेको अब एसिया कपमा छनोटको हुने छ। तर, त्योभन्दा पनि हाम्रो मुख्य लक्ष्य साफ च्याम्पियनसिप जित्ने हुनेछ।’ उनले एसिया कपमा छनोट नभएपनि त्यस छनोट नजिक पुर्‍याउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग विश्व फुटबलका लिजेन्ड बुफोनको भेट

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रमका प्रमुख अतिथिका रुपमा नेपाल आएका अन्तर्राष्ट्रिय गोलरक्षक बुफोनलाई प्रधानमन्त्री ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं