बिएल संवाददाता
नेपाल एसियन गेम्स क्वालिफायरमा च्याम्पियन बनेको छ।
वर्षाले प्रभावित भएको सोमबारको फाइनल खेलमा नेपालले हङकङलाई डीएलएस मेथडमा १९ रनले हराउँदै उपाधि जितेको हो।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले नेपाललाई १८९ रनको लक्ष्य दिएको थियो।
नेपालले सिंगापुरले दिएको लक्ष्य पछ्याइरहेको अवस्थामा पानी परेपछि खेल प्रभावित भएको थियो। खेल रोकिनुअघि नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर नेपालले ११४ रन जोडेको थियो।
पानी नरोकिएपछि डीएलएस मेथडमा नेपाल विजयी बनेको हो।
नेपालका लागि कुशल भुर्तेलले ६५ रनको योगदान दिए। रोहित पौडेल ३५ रन बनाए।
बलिङतर्फ हङकङका आयुष शुक्ला र मोहम्मद घजानफारले एक–एक विकेट लिए।
त्यसअघि हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोडेको थियो।
हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रनको योगदान दिए। यस्तै, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन बनाए।
बलिङतर्फ नेपालका शेर मल्लले चार विकेट लिए। करण केसीले दुई तथा सन्दीप लामिछानेले एक विकेट लिए।
नेपालसहित समूह एबाट मलेसिया तथा समूह बीबाट हङकङ र ओमान यसअघि नै एसियन गेम्समा छनोट भइसकेका छन्।
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
विश्व खाद्य सुरक्षा दिवस: दूषित खानाका कारण बर्सेनि ६० करोड बिरामी, ४ लाखभन्दा बढीको मृत्यु
एसियन गेम्स छनोट सेमिफाइनल : ओमानविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया