बिएल संवाददाता
फिफा विश्वकपमा एसियाली राष्ट्र दक्षिण कोरियाले पनि जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ।
मेक्सिकन शहर जापोपानमा सम्पन्न समूह ए तफको दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रमाथि २–१ को रोमाञ्चक र पूनःरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो।
खेलमा तीनै गोलहरु दोस्रो हाफमा सम्पन्न भए। यद्यपि खेलमा अग्रता भने चेक गणतन्त्रले लिएको थियो । खेलको ५९औं मिनटमा लाडिस्लाव क्रेसीले पहिलो गोल गरे।
तर, खेलमा चेक गणतन्त्रले त्यो गोलको खुशी धेरैबेर मनाउन सकेन। खेलको ६७औं मिनटमा ह्वाङ इन बोमले दक्षिण कोरियाका लागि बराबरी गोल गरे भने ८०औं मिनटमा ओह ह्युन ग्युले दोस्रो गोल गर्दै एसियाली टोलीको जित पक्का गरे।
दक्षिण कोरियाले अब आफ्नो दोस्रो खेल १८ जुनका लागि आयोजक मेक्सिकोसँग खेल्नेछ। सोही दिन चेक गणतन्त्रले दक्षिण अफ्रिकाको सामना गर्नेछ।
समूहको शिर्ष दुई टोली सोझै नकआउट चरणमा प्रवेश गर्नेछन् भने उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ टोलीहरुले पनि नकआउट चरणमा आफ्नो स्थान पक्का गर्नेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया