बिएल संवाददाता
किरात आठपहरिया समुदायले मोरङको उर्लाबारी- ९ इन्द्रेझोडामा वाडाङ्मेट पर्व धुमधामका साथ मनाएको छ। उर्लाबारी नगरपालिका वडा नं. ९ इन्द्रेझोडामा ढोलनाच, मारुनी नाच तथा भोज खाएर वाडाङ्मेट चाँड भव्य र सव्य रुपमा मनाइएको हो।
आफ्ना इष्टदेव बराह, मार्गा, जिमी मार्गा, सुब्बा मार्गा, फुडाहाङ (बुढाहाङ)को दैविक आह्वान गर्ने तथा पितृ पूजा (श्राद्ध) गरेर यो पर्व मनाउने गरिन्छ। समुदायअनुसार कुखुरा, सुँगुर, परेवा, राँगा आदिको बलीपूजा गरेर जाँड, रक्सीसँग खाने र जमरा तथा सयपत्री फूलको माला लगाएर यो पर्व मनाइन्छ।
ढोल र मादलको आवाजले गुञ्जयमान कार्यक्रममा आउने आगन्तुक तथा पाहुना पर्यटकले ढोलनाच, मारुनी मादलको रमितासँगै स्थानीय परिकार र पेय पदार्थको आनन्द लिन लिएका थिए।
लामो समयपछि भेटघाट भएका आफन्तजन, चेलीबेटीहरु तस्बिर खिचाँउदै आत्मियता साटेका थिए।
उर्लाबारीमा उल्लेख्य जनसंख्या रहेको आठपहरिया समुदायलाई अहिले तोकिएको समयसीमाभित्र वाडाङ्मी चाड सक्नैपर्ने चटारो छ। वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेका तीर्थालु दुःख बहाउनका लागि बराह धामको सामूहिक तीर्थयात्रासँगै सुरु भएको चाड औँशी आउनुभन्दा एक दिनअघि सक्न आठपहरिया समुदाय चाडमा व्यस्त छन।
वि.सं. २०३० सम्म छ किपट(बिर्ता)सहित नौ पगरीको राजसी अधिकार पाएका यी समुदायको संस्कृति जीवन्त छ। वि.सं. २०५८ बाट आफूहरू राई नभएको जनाउँदै आठपहरिया जातिको नामबाट पहिचान खोजिरहेका यो समुदाय अझै पनि आफ्नो परापूर्वकालीन सांस्कृतिक तथा धार्मिक कानुनमा सञ्चालित छ। तथापि, यो समुदायले आफ्नो सबैभन्दा ठुलो पर्व वाडाङ्मीमा खुलेर आफूसँग भएको ऋण, धन खर्च गरेर चाड मनाउने गरेका छन।
कार्तिक शुक्ल पूर्णिमाको चार दिनअघिबाट बराह क्षेत्रको सामूहिक तीर्थयात्रासँगै यी समुदाय चाड मनाउन व्यस्त रहेको किरात आठपहरिया समाज नेपाल उर्लाबारीका अध्यक्ष हरि छाराहाङले जानकारी दिए। पन्ध्र दिनभन्दा बढी मनाइने यो पर्वमा आफ्ना सबै काम छाडेर यो समुदाय एक वर्षभित्रमा आफ्नो परिवारमा जन्मदेखि मृत्युसम्ममा घटेका सबै खालका सांस्कारिक घटनाबाट चोखिन व्यस्त छन।
विशेष गरेर वर्षभरि मृत्यु भएका बरखी बारेका आफन्त यही पर्वमा ५२ किमी दक्षिणमा रहेको आफ्ना मुख्य इष्टदेव बराह धाममा तीर्थ गएर उनलाई चाडमा आउने निम्तो दिने र कपाल खौरेर सप्तकोशीसँगै रहेको कोकाहा खोलामा दुःख बहाउने गर्दछन्।
नियमानुसार चार दिनको पैदल र बास बसेर बराह मन्दिरबाट ल्याएको पानीले घर चोख्याउने तथा नगरमा रहेको ५२ चुले घरबाट दैवी आह्वान माङ उठाउने कामपछि यो समुदायमा चाड सुरु हुने गर्दछ। त्यसपछि नगर क्षेत्रमा रहेका यी समुदायको २२ देवालय (मार्गा)मा कुखुराको चल्ला, सुँगुरको पाठा पूजा गर्ने, पितृपूजा गर्ने, मार (भेजो) हान्ने, भोजभतेर गरेर यो पर्व मनाउने प्रचलन छ। यस अवधिमा मृत्यु भएकाहरूको घर चोख्याएर नयाँ कपडा लाउने, नयाँ घर चोख्याउने, नयाँ सन्तान जन्मिएको भए हर्षबढाइँ गर्ने, घर–घरमा घुमेर तिहारमा देउसी खेलेझैँ ढोल नाच्ने गरिन्छ।
साथै आफ्नो पायक पर्ने तोकिएको मुख्य पुजारीहरूको घरमा प्रत्येक घरको आगामी वर्षको जोखाना (बत्ती हेर्ने) अनिवार्य रूपमा राँगाको मासु, मदिरा खाएर ढोल र मारुनी नाचेर भव्यरूपमा चाड मनाइन्छ। अन्त्यमा औँशीभन्दा एक दिनअघि यी समुदायका करिब एक दर्जन ढोलनाच टोलीले आ–आफ्नो क्षेत्रमा राँगा काटेर भोज (खोइ) खाएर चाडको अन्तिम भोज खाने गर्दछन्। त्यसको भोलिपल्ट मारुनी टोलीले पनि आफ्नो क्षेत्रका तोकिएको जङ्गली क्षेत्रमा सरस्वतीको पूजा, मारुनी नाच र वनभोज गरेर बराहदेवलाई बिदाइ गरेपछि यो चाडको अन्य हुने छाराहाङले बताए।
गायक चित्र राईको सन्चालन रहेको कार्यक्रममा वडा नं. ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानको प्रमुख आतिथ्य, हर्क राईको स्वागत, वडा सदस्य गणेश किम्दाङ, प्रकाश कन्दङ्वा, विमला पोमु, समाजसेवी सुन्दर श्रेष्ठलगायतको आथित्यता रहेको थियो।
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया