बिएल संवाददाता
बाँकेका पानी उद्योगहरूले बदमासी गरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले गरेको अनुगमनमा पानी उद्योगहरूले बदमासी गरेको पाइएको हो।
पानी उद्योगहरूको बद्मासी भेटिएपछि दुई उद्योगलाई शिल गरिएको छ भने जरिवाना पनि गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका–११ मा रहेको रारा प्रोसेसिङ ड्रिङ्किङ वाटरलाई शिल गरिएको छ भने २० हजार रुपैयाँ जरिवना गरिएको छ।
यस्तै वाई.के ड्रिङ्किङ वाटरलाई शिल गरिएको छ। यी दुबै उद्योगको उत्पादनमा प्रयोग भएको पानी (कच्चापदार्थ) र उत्पादन भएको पानीको छुट्टा–छुट्टै २ नमुना परीक्षणका लागि संकलन गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।
न्यु सगरमाथा पानी उद्योगलाई पाँच हजार रूपैयाँ जरिवाना गरिएको छ। बिलविनै पानी बिक्री गरेको पाइएपछि पाँच हजार रुपैयाँ जरिवना गरिएको हो। यस उद्योगको पनि पानी परीक्षणका लागि नमुना संकलन गरिएको छ।
साथै एक खानेपानी संस्थान र नगरक्षेत्र भित्रको १ वटा ह्याण्ड पम्पको पानीको नमुना संकलन गरिएको छ। नमुना प्रयोगशालामा परीक्षणपछि कैफियत पाइएमा थप कारबाही गरिनेसमेत पोखरेलले बताए।
बिहीबार सरोकारवाला निकायहरुसहित बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा खानेपानी उत्पादन उद्योगहरूको अनुगमन गरिएको थियो।
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया