धरौटी तिर्न नसकेर जेल चलान भएका रास्वपा नेता रिहा
जिल्ला अदालतले तोकेको एक लाख धरौटी तिरेर आइतबार उनी रिहा भएका हुन्। सो प्रकरणमा जैसीसहित पक्राउ परेका तीनजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा प्रहरीले ज्यान मार्ने उद्योग अभियोगमा मुद्दा दायर गरेको थियो। अन्य दुई जना धरौटी बुझाएर छुटेपनि महानन्द भने धरौटी तिर्न नसक्दा सुन्धारास्थित जगन्नाथ देवल कारागारमा थुनामा पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं