बिएल संवाददाता
                                अखिल (क्रान्तिकारी)की सह-फ्र्याक्सन ईन्चार्ज तथा माओवादी केन्द्रको केन्द्रीय सदस्य पञ्चा सिंहले जनयुद्धको अपमान भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
बुधबार काठमाडौंमा भएको पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले दिलबहादुर रम्तेल जस्तैः हजारौं सहिदको बलिदानबाट स्थापित वर्तमान गणतन्त्रात्मक व्यवस्थामा आसिन प्रधानमन्त्रीलेसमेत जनयुद्धको अपमान गरेको भन्दै आक्रोष व्यक्त गरिन्।
सिंहले संघर्ष नगरी फल खाइरहेका प्रधानमन्त्री केपी ओलीको पछि लागेर रामबहादुर थापा बादल हदैसम्म गिरेको आरोप लगाइन्।
उनले भनिन्, ‘संघर्ष नगरी फल खाइरहेका केपी ओलीहरूले विरोध गरे पनि जनयुद्धमा बलिदान गर्न सिकाउने बादल कमरेडहरूलाई यो हदसम्म गिर्न कुन नैतिकताले दियो?’
केपी ओलीको चाकडी गर्नकै निम्ति तल गिर्नु गलत भएको बताउँदै उनले थपिन्, ‘रामबहादुरहरूका मजाक र रगतको होली खेल्न जनयुद्ध भएको थिएन, खबरदार अति भयो, अब सहन सकिन्न।’
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया