तेजन खड्का
झापाको दमक नगरपालिकाका मेयर राम थापाले वनपैदावार लुकाएको मुद्दा लागेका व्यक्तिलाई ठाडो आदेशमा नगरपालिकाको सवारी चालक कर्मचारी नियुक्ति गरेको खुलासा भएको छ।
डिभिजन वन कार्यालय झापाद्वारा ०७४ मा नै सो मुद्दा दायर भई फरार प्रतिवादीको सूचीमा रहेका दमक-३ का रामकुमार राईलाई मेयर थापाले एक वर्षअघि ठाडो आदेशमा नगरपालिकाको सवारी चालकमा नियुक्त गरेको पाइएको हो।
राईलाई प्रहरीले पाँच दिनअघि पक्राउ गरेपछि मेयर चढ्ने गरेको नगरपालिकाको सवारीका चालकको पुरानै मुद्दा रहेको पाईएको हो। प्रहरीले पुराना फरार प्रतिवादीहरूको सूचीमा रहेका राईलाई अदालतबाट जारी पक्राउ पूर्जीका आधारमा पक्राउ गरी दुईदिन हिरासतमा राखेको थियो।
डिभिजन वन कार्यालय झापाका प्रमुख जीवन पाठकका अनुसार राईमाथि वन मुद्दा रहेको छ। मुद्दाको किनारा अझै लागेको छैन। उनलाई सो मुद्धामा थप कारवाही प्रक्रियाका बारेमा भने केही कानूनी जटिलता रहेको पाठकले बताए।
‘अनुसन्धानका लागि थप समय हिरासतमा राख्नुपर्ने अवस्था थियो तर वनसम्बन्धी विद्यमान कानुनमा रहेको जटिलताका कारण हिरासत राखिरहँन अप्ठ्यारो भएको छ। सोसम्बन्धी कसुरमा कानुनले नेपाल सरकार वादी हुने व्यवस्था गरिनु र डिभिजन वन अधिकृत चाहिं प्रदेश सरकारअन्तर्गत हुनुले कानुनी जटिलता थपिएको छ,’ पाठकले भने।
उनका अनुसार राईमाथि लागेको मुद्धा किनारा लागेको होइन। मुद्धा हेर्ने अधिकार क्षेत्र चाहिं फरक परेकाले सोही अनुसार निज राईमाथिको अभियोजन दर्ता गर्नुपर्ने राय प्राप्त भएकोले तत्काल राईलाई थुनामा राखिरहन नसकिने अवस्था आएको हो।
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया