बिएल संवाददाता
झापाको बिर्तामाेडस्थित वीरता जेसीजकाे अध्यक्ष पदमा युवराज कुँवर निर्विरोध निर्वाचित भएका छन्।
वीरता जेसीजको ४४औं अधिवेशन तथा साधारण सभाबाट कुँवर सन् २०२५ का लागि निर्विरोध निर्वाचित भएका हुन्। अध्यक्ष पदका तीन उम्मेदवारमध्ये सुरज चौधरी र दिवाकरलाल चौधरीले ककस प्रक्रियामा भाग नलिएपछि कुँवर निर्विरोध निर्वाचित भएकाे घाेषणा गरिएकाे निर्वाचन अधिकृत घनश्याम चौधरीले जानकारी दिए।
ककसमा सहभागी नहुने उम्मेद्वारको उम्मेद्वारी स्वतः खारेज हुने जेसीजमा व्यवस्था छ।
वीरता जेसिसको कार्यकारिणी उपाध्यक्षमा प्रभात मास्के र सुमनकुमार पोद्धारसहित सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ।
वीरता जेसिसको संयुक्त सचिवमा सुवास तिखत्री, उपाध्यक्षहरूमा पुष्प भण्डारी, शुभम शाह, अजय कुमार चौधरी र अजय अधिकारी निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै जनसम्पर्क अधिकारीमा अभिषेक गहतराज डिक र तालिम संयोजकमा सुशील थापा निर्विरोध निर्वाचित भए।
जेसिजको विधानअनुसार कानुनी सल्लाहकार, महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने व्यवस्था छ भने निवर्तमान अध्यक्ष बाेर्डकाे पदेन सदस्य हुने व्यवस्था छ।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया