बुधबार, १९ नोभेम्बर २०२५

प्रधानमन्त्री प्रचण्ड भोलि युगाण्डा प्रस्थान गर्दै

सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महँगो ब्रान्डका बोतलमा नक्कली मदिरा भरेर बेचविखन, ९ जना पक्राउ

काठमाडौँको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयले भन्याे- मेलम्चीको पानी शुद्ध छ, गुणस्तरमा शङ्का नगर्नुस्

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारीका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने बताउँदै दीर्घकालीन र तत्कालीन उपाय अपनाएर सहकारीहरुलाई व्यवस्थित बनाउनुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले भने- भिजिट भिसा विदेश जानेलाई सास्ती दिने गरेको सुनेकाे छु, त्यस्ता कार्य तत्काल बन्द गर्नुहोला

प्रधानमन्त्री प्रचण्डले भने, ‘भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि ‘सेटिङ’ मिलाएर पठाउने गरेको गुनासो मैले सुनेको छु, भिजिट भिसामा घुम्न जानेहरूका सम्बन्धमा अध्यागमन कार्यविधिअनुसार गर्नु/गराउनु होला। जनतालाई हैरानी दिने काम बन्द गर्नुहोला।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी परिचालन

‘अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जोखिम बढेपछि स्थानीयको सहभागितामा सडक मर्मत

‘बजार क्षेत्रको सडक बिग्रँदा दुर्घटना जोखिम बढेको अवस्था थियो’, उनले भने, ‘सडकका कारण समस्या भएपछि युवाहरूको अगुवाइमा भत्किएको ठाउँमा ढलान गरेका छौँ। सडक मर्मतका लागि आवश्यक सामग्री मैले पनि व्यक्तिगतरूपमा सहयोग गरेकी छु।’

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

प्रधानमन्त्रीको निर्देशन- प्रदेशलाई काम गर्न अप्ठ्यारो पर्‍याे, प्रहरी समायोजन १५ दिनभित्र टुङ्गाउनुस्

‘सङ्घीयता कार्यान्वयन जुन गतिमा हुनुपर्ने हो, त्यसो हुनसकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशलाई परिरहेको छ। यसले गर्दा प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्’, प्रधानमन्त्री दाहालले भने, ‘यसलाई नै बहाना बनाएर सङ्घीयता विरोधीले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुङ्गाउनुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तीनजुरे हिउँले सेताम्ये, होटल व्यवसायीलाई भ्याइनभ्याइ

तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मङ्गलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन्। गुराँसका जङ्गल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तेह्रथुम

धनुषास्थित भारतीय सीमाक्षेत्रका पुल निर्माणमा भइरहेका अवरोध हटाउन छलफल

छलफलका क्रममा नेता निधिले धनुषाको नगराइन नगरपालिका र मुखियापट्टी मुसहरनिया पाउँपालिकासँग जोडिएका भारतीय सीमावर्ती क्षेत्रका पुल निर्माणका लागि अवरोध हटाउन भारतीय पक्षलाई आग्रह गरिए पनि सुनुवाइ नभएकाले उच्चस्तरमै छलफल हुनुपर्ने अवस्था आएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

धुलिखेलमा ‘ई-पेमेन्ट’ सेवा

महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि सञ्चालित स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली एवं राजस्व सङ्कलन मोडल धुलिखेल नगरबाट सुरु गरेको थियो। नेपालका सात सय ५३ वटा पालिकामध्ये पहिलो पटक धुलिखेलमा उक्त सेवा सुरु भएको हो। केही महिनादेखि धुलिखेलबाट सुरु भएको स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)अन्तर्गतको मोडल अहिले नेपालका पाँच सय ३३ स्थानीय तहमा सञ्चालित छ।

बिएल संवाददाता

बिएल संवाददाता - काभ्रेपलाञ्चोक

नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका जलपक्षी भेटिए

यस वर्षको जलपक्षी गणनाका क्रममा नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएका छन्। चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नारायणी नदी क्षेत्रमा ४१ प्रजातिका चरा भेटिएको जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मध्यविन्दु

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार बढी निवेदन

राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार सात सय एक निवेदन दर्ता भएका छन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

पैयुँपाटाका विद्यार्थी: पढ्दै पञ्चेबाजा बजाउन सिक्दै

कक्षा ९ का विराज परियार सनाई, कक्षा २ का विहान परियार ढोलक, कक्षा ५ का आयुस परियार र कक्षा ७ का पृथ्वी परियारले ट्याप्पो बजाउँछन्। कक्षा १० मा पढ्ने रेश्नुका परियार झ्याली बजाउँछन्।

बिएल संवाददाता

बिएल संवाददाता - ढाेरपाटन

कोरला–त्रिवेणी सडक आयोजना : डेढगाउँ–झ्यालबास खण्ड कात्तिक भित्र सम्पन्न गर्ने लक्ष्य

कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ। गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

नहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

‘मोरल पुलिसिङ’ले नित्याएकाे बलात्कार

२८ वर्षीया ती महिलाले सात जना मुस्लिम पुरुषले हङ्गल सहरको एक होटलबाट अपहरण गरेर आफूमाथि दुर्व्यहार गरेकाे बताएकी छिन्। उनका अनुसार हाेटल नजिकैकाे सुनसान ठाउँमा उनी २४ घण्टासम्म बलात्कृत भइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान

प्युठान नगरपालिकाले किसानलाई दूधमा प्रतिलिटर रु १० अनुदान दिएको छ। नगरपालिकाले नगरलाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले सो कार्यक्रम सुरु गरेको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - प्युठान

राजनीतिज्ञ र कर्मचारीको स्वार्थले अड्कियो सह–सचिवको सरुवा 

राजनीतिक खिचातानी र कर्मचारीको स्वार्थले गर्दा २७ जना सहसचिवको सरुवा गर्न सरकारले ढिलाइ गर्दै आइरहेको छ। पुसको तेस्रो साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ जना सहसचिवको सरुवाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव पठाएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने

अब कुनै पनि प्रमाणपत्र लिन त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा धाउनु नपर्ने भएको छ। त्रिविले यही माघ १५ गतेदेखि अनलाइन सेवा उपलब्ध गराउने भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं