झापामा खोलाले बगाउँदा दुई जना बेपत्ता
झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ। बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन्। बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैँ