बिएल संवाददाता
मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ।
सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा बिहीबार बिहान शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताए।
उनका अनुसार बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ भने घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ।
बजगाईंको खुकुरा फार्ममा काम गर्ने श्रीमान्-श्रीमती बस्दै आएका थिए। घटनापछि दुबै जना फरार छन्। उनीहरूको खोजी भइरहेको कार्कीले बताए।
मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताए।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया