लेनदेनको विवादमा बन्दुक चल्यो, एकजनाको मृत्यु
उनीहरूबीच लेनदेनका विषयमा विवाद चलिरहेको थियो। शनिबार राति ८ बजेतिर विवाद चर्किएपछि कर्णले सुरेन्द्रलाई गोली हानेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनीहरूबीच लेनदेनका विषयमा विवाद चलिरहेको थियो। शनिबार राति ८ बजेतिर विवाद चर्किएपछि कर्णले सुरेन्द्रलाई गोली हानेका थिए।
बिएल संवाददाता - काठमाडौं
‘विश्वभर करिब २६ करोड मानिस जाति, वंश, र वंशजका आधारमा अमानवीय व्यवहार र विभेदको शिकार भइरहेका छन्। जातिभेद दक्षिण एशियाबाट उत्पन्न भएको भए तापनि अहिले यो समस्या विश्वव्यापी बनिसकेको छ,’ सम्मेलन आयोजक समितिका अध्यक्ष डा. द्रोण रसालीले बताए। यस सन्दर्भमा, यस वैश्विक सम्मेलनले जातीय भेदभाव अन्त्य गर्नका लागि उत्कृष्ट अभ्यास र समाधानहरूबारे अन्तर्राष्ट्रिय संवाद अघि बढाउनेछ। साथै, यो सम्मेलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारहरू, समुदायहरू, सरोकारवाला निकायहरू, तथा लक्षित समूहहरूको ध्यान जातीय विभेद अन्त्यका लागि प्रभावकारी नीति निर्माण र कार्यान्वयनमा केन्द्रित गराउने लक्ष्य राखेको छ।
बिएल संवाददाता - काठमाडौं
चुमनुब्री-१ साम्दो क्षेत्रमा हाल ३ फिटसम्म हिउँ परेकोले सो पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई साबधान रहन भनेको हो। केही दिनयता भएको भारी हिमपातले बाटोघाटो अबरुद्ध भएपछि बीओपी साम्दोले हिउँ पन्छाउने कार्य पनि निरन्तर गरिरहेको छ। यसैगरी उत्तरतर्फका पदमार्गका कतिपय ठाउँमा हाल सशस्त्र प्रहरी बलका बोर्डर आउटपोस्ट स्थापना भइसकेका र अन्य स्थानमा पनि बीओपी स्थापना गरिने योजना रहेकोले हाल रहेका बीओपीहरूले ती क्षेत्रमा बिपद् उद्दारलाई पनि उच्च प्राथमिकता राखेर कार्य गरिरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
बिएल संवाददाता - काठमाडौं
महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि छ। आज राति देशका पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा भने वर्षाको सम्भावना छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना छ।
बिएल संवाददाता - काठमाडौं
केही समययता निजी अस्पताल अनुगमनलाई तीव्रता दिएका मुख्यमन्त्री सिँहले मापदण्डअनुसार भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण र जनशक्ति व्यवस्थापन लगायत पुरा नगरीकनै सञ्चालनमा रहेका अस्पताल बन्द गर्न निर्देशन दिँदैआएका छन्।
बिएल संवाददाता - जनकपुरधाम
गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताएकी थिइन्। त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो। माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
सिन्धुपाल्चोक, भोजपुर, दोलखा, काठमाडौं, सखुवासभा, म्यादी र धादिङमा जिल्ला प्रभावित भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यलयले जारी गरेको बिवरण अनुसार एक पूर्ण रुपमा र तीन आंशिक रुप घरमा क्षति पुगेको हो।
बिएल संवाददाता - काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियानमा हालसम्म १४ लाख ३५ हजार ६ सय ८९ जना किशोरीहरूलाई खोप प्रदान गरिसकेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुग्ने बताएका छन्। समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबार दिउँसोतिर त्यहाँको माणा गाउँमा मजदुरहरूले काम गरिरहेका बेला हिउँपहिरो खसेको थियो। सिमा सडक संगठन अन्तर्गत त्यहाँ कैयौं मजदूरहरूले काम गरिरहेका थिए। उद्धार गरिएकामध्ये केही मजदूर घाइते भएका छन्। हराइरहेका ४७ मजदूरहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ। शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रूपैयाँ नाफा कमाएको छ। सूचनाको हक सम्बन्धी ऐनको व्यवस्था बमोजिम सार्वजनिक गरिएको (स्वतः प्रकाशन) विवरणअनुसार प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रूपैयाँ आम्दानी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा अन्तर्राष्ट्रिय उडानका विमानहरू ‘डाइभर्ट’ भएका छन्। विभिन्न मुलुकबाट आएका फरक वायुसेवा कम्पनीका जहाज अवतरण गर्न नसकेपछि अन्यत्र डाइभर्ट गरिएको हो। विमानस्थल स्रोतका अनुसार दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको उडान नम्बर क्यूटिआर-५५२ को विमान कलकत्ता पठाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
काभ्रेको बनेपास्थित एउटा होटलमा एक महिला मृत भेटिएकी छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका निमित्त सूचना अधिकारी दिनेशबहादुर कुँवरका अनुसार मृत भेटिएकी महिला बनेपा नगरपालिका–(६ बुडोलकी २३ वर्षीय शर्मिला श्रेष्ठ रहेको खुलेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। शुक्रबार बिहान उनकाे उपचारका क्रममा मृत्यु भएकाे हाे। महराजगन्जस्थित प्रहरी अस्पतालमा ८४ वर्षकी श्रेष्ठकाे निधन भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा समुदायको मुख्य पर्व ग्याल्पो ल्होसारको शुभकामना दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उनले भने, ‘भूकम्पको क्षति सामान्य नै छ। अहिलेको प्राप्त विवरण अनुसार त्यस्तो ठूलो भौतिक र मानविय क्षति केही भएको छैन्। दुगुनागडीमा चाँही सामान्य पहिरो गएको छ। प्रहरी चौकीको भवन पनि सामान्य चर्केको छ र कारागारको दोस्रो तलाबाट हामफाल्ने क्रममा एक कैदीबन्दीको हात भाँचिएको कारण उपचार भइरहेको छ त्यही नै हो। त्यस्तो अरु केही छैन् विवरण।’
बिएल संवाददाता - काठमाडौं
विश्वकै दुर्लभ मानिने ‘रेयर अर्थ मिनिरल्स’का लागि यसअघि ट्रम्पले पटक पटक युक्रेनलाई प्रस्ताव गरेका थिए। ती खनिज भएका धेरैजसो भूगोल अहिले रुसको कब्जामा छन्। रुसले पनि ती खनिज उत्खनन् गर्न अमेरिकालाई सहमति दिएपछि युक्रेन पनि सम्झौता गर्न बाध्य भएको हो।
बिएल संवाददाता - काठमाडौं
ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो। नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .