
बिएल संवाददाता
सुख्खाग्रस्त तराई-मधेसका विभिन्न स्थानहरूमा शुक्रबारदेखि वर्षा सुरु भएको छ। केही स्थानमा भारी वर्षा मापन भएको छ। अबका एक-दुई दिन मधेसमा यस्तै वर्षा हुने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ। यसबाट खडेरीकाे सामना गरिरहेका किसानहरूलाई राहत भएकाे छ।
यसपालि मनसुनमा तराई-मधेसमा वर्षा हुन सकेकाे थिएन र सरकारले याे क्षेत्रलाई संकटग्रस्त घाेषणा गरेकाे थियाे। खडेरीसँगै यहाँ पिउनेपानीकाे पनि अभाव भयाे। पानीका मूल सुकेपछि प्रदेस तथा संघीय सरकारसँगै विभिन्न सामाजिक संघसंस्थाहरूले पनि यहाँ पानी वितरण अभियान चलाएका छन्। संघीय सरकारले मधेसमा ५ सय डिप बाेरिङ जडान गर्ने प्रक्रिया पनि सुरु गरिसकेकाे छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बितेको चौबीस घण्टामा सिराहमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। यहाँ लगभग १०१.६ मिलिमिटर वर्षा भएको देखिएको छ।
त्यस्तै सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, झापालगायतका स्थानमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ।
महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी,महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।
कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया