‘उपसचिव हूँ’ भन्दै ठगी गर्ने महिला पक्राउ
नेपाल सरकारको ‘उपसचिव हुँ’ भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-२५ बस्दै आएकी ४० वर्षीया जानकी न्यौपाने छिन्। उनले विभिन्न व्यक्तिहरूलाई फरक-फरक परिचय दिई आफू ‘कानून मन्त्रालयको उपसचिव हूँ, हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छु, तपाईंलाई विमानस्थलको विभिन्न ठेक्का मिलाई दिन्छु’ भन्दै राजस्व र धरौटी रकम जम्मा गर्नुपर्छ भनी सात लाख ६० हजार आठ सय रुपैयाँ लिएको आरोप छ।
बिएल संवाददाता - काठमाडौं