सोमबार, १० नोभेम्बर २०२५

पूर्वराजा शाह लुम्बिनी जाँदै

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन्। लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन  उनी लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बन्धुकधारीकाे आक्रमणबाट पाकिस्तानमा ४० बढीकाे मृत्यु

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा अज्ञात बन्दुकधारीले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा परी ४० भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना मिहला रहेकाे हालसम्म पुष्टि भएकाे छ। आक्रमणमा परी दर्जन बढी घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

कर्मचारीसँग असन्तुष्ट प्रधानमन्त्री

प्रधानमन्त्री ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुश गर्ने गरी काम गर्न निर्देशन दिए। प्रधानमन्त्री ओलीले देश विकास गर्ने प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरुपमा काम गर्न आग्रह गर्दै सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन  दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

आज एमालेले काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

जागरण सभा नाम दिइएको प्रदर्शनमा एक लाख हाराहारी मानिस उतार्ने एमालेको तयारी छ। प्रदर्शनमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा रहने एमालेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी ठाउँमा वर्षादेखि हिमपातको सम्भावना

आज शुक्रबार देशका केही ठाउँमा वर्षादेखि हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

कालीगण्डकी नदीमा आधारित आयोजनाप्रति ‘कालीगण्डकी बचाऔँ’ अभियानको विरोध

केही वर्षदेखि चर्चामा रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत कालीगण्डकी नदीको पानी डाइभर्सन गर्ने, कालीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना– ६४० मेगावाटका लागि नदीलाई बाँध बाँध्ने, उपल्लो कालीगण्डकी आयोजना तथा नदी दोहनबारे सरकारको निर्णयविरुद्धको रिट खारेजीसम्बन्धी सर्वोच्च अदालतको निर्णयप्रति कालीगण्डकी बचाऔं अभियानले प्रेस विज्ञप्तिमार्फत बिरोध जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

२० मिटर खाेला मापदण्डमा सरकारको पक्षमा सर्वोच्चकाे आदेश

सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाको खोला किनारको थप २० मिटरको मापदण्डकाे विषयमा सरकारका पक्षमा आदेश दिएकाे छ। बिहीबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेको पूर्ण इजलासले सरकारको पक्षमा आदेश सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मातहतका निकायलाई प्रधानमन्त्रीको निर्देशन- भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देश गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ क्षमता र शक्तिलाई मौका दिनुपर्छ: मन्त्री खड्का

‘हामीसँग भएको जनशक्ति हेर्दा र १०–२० वर्ष काम गर्नुभएकाहरु हेर्दा, मूल्यांकन गर्दा पनि अहिलेको समयको विकास र प्रविधिको विकास हेर्दा यो परिवर्तनलाई आत्मसाथ गर्ने हो कि योग्यता हेरेर राख्ने तर अनुभवको कुरा गर्दा पुरानै तरिकाले अगाडि बढ्छौँ कि भन्ने लाग्छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाल एयरलाइन्सले घटायाे अन्तर्राष्ट्रिय हवाई भाडा

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि बजार भाडादरमा २५ सयसम्म छुट दिइएकाे छ। यसैगरी दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजारसम्म छुट दिइएकाे निगमले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भ्रष्टाचारविरुद्ध लड्न मधेसी जनता तयार छ: आजपा

मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगीविरुद्ध आजपाले यात्राको क्रममा आवाज उठाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वीरगञ्ज

भारतीय सेनाका सेनापति द्विवेदीलाई मानार्थ महारथी प्रदान

बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहकाबीच नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष्ट्रपति पौडेलले सेनापति द्विवेदीलाई मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न तथा खड्ग प्रदान गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली नेताहरुको जम्बो टोली किन पुग्याे कम्बोडिया?

आफूलाई अभियन्ता बताउने दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमाले नेताहरुले कम्बोडियामा ३२ अर्ब लगानी गरिएको भन्ने हल्ला फिजाएका थिए। त्यसपछि लगत्तै नेताहरुको कम्बोडिया भ्रमण हुँदा सामाजिक सञ्जालमा चासो देखिएको थियो। प्रसाईं भने हाल अनुसन्धानका लागि प्रहरी हिरासतमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्रेटर नेपालका अभियन्ता नेपाल पक्राउ

शान्ति सुरक्षामा खलल पुर्‍याउने देखिएपछि उनलाई पक्राउ गरिएकाे काठमाडौँ प्रहरी परिसरले जानकारी गराएकाे छ। उनलाई केही दिनपछि छाडिने जनाइएकाे छ। यसअघि पनि उनी पटक–पटक पक्राउ पर्दै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रेस काउन्सिलले भन्याे- मत सर्वेक्षण नगर्नू

काउन्सिलले पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र निर्वाचन आचारसंहिता, २०७९काे मापदण्डलाई उदृत गर्दै मत सर्वेक्षण र त्यसकाे प्रकाशनकाे मापदण्डलाई स्मरण गराएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१४ न्यायाधीशको सरुवा, काे कहाँ? (सूचीसहित)

जसअनुसार उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ भने उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल विराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (बिहीबार) अपराह्न ४ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ। बैठकले सरकारका कारबाहीका विषयमा विभिन्न निर्णय गर्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

किर्ते प्रकरणमा सौर्य एयरलाइन्सकाे व्यवस्थापनविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी

पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडाको हस्ताक्षर किर्ते गरी नक्कली कागज बनाएर एयरलाइन्स व्यवस्थापनले गम्भीर अपराध गरेको भन्दै उजुरी दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उपनिर्वाचन: ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ