प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ
नेपाल प्रहरीले प्रतिबन्धित लागु औषधसहित देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ। कैलालीको घोडाघोडी–१ सुखड स्थित गौरभ आचार्यको घरमा लागु औषध सेवन गरिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सुखडबाट खटिगएको प्रहरी टोलीले गौरभ आचार्य, सुरेन्द्र श्रेष्ठ र भीम बोहरालाई खानतलासी गर्दा निजहरूको साथबाट ३ ग्राम ५८० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडौँ