एअर इण्डिया दुर्घटनामा एक यात्रुको जीवितै उद्दार
बिहीबार गुजरातको अहमदावादमा एउटा जहाज भयानक दुर्घटनामा पर्यो। त्यो जहाजमा २४२ जना यात्रु थिए। ती मध्ये एकजना भने बाँच्न सफल भयो।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार गुजरातको अहमदावादमा एउटा जहाज भयानक दुर्घटनामा पर्यो। त्यो जहाजमा २४२ जना यात्रु थिए। ती मध्ये एकजना भने बाँच्न सफल भयो।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार दिनभरि पनि सत्ता र प्रतिपक्षहरू श्रृङ्खलावद्ध बैठकमा थिए। ती बैठकहरूबाट लगभग सहमति नजिक पुगिएको प्रचण्डले बताएका छन्। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छनबिन हुनुपर्ने र उनले राजीनामा दिनुपर्ने माग प्रतिपक्षको थियो। तर माओवादीले भने त्यो माग छोडिसकेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी पनि राजीनामाको मागबाट पछि हटेर अब छानबिन समिति बनाउनेमा सहमति खोजिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
इरान विश्वको सबैभन्दा ठूलो परमाणु हतियार उत्पादन गर्ने देश हो। संयुक्त राष्ट्र संघको चेतावनी लत्याउँदै उनसले यस्ता खतरनाक परमाण परियोजनाहरू चलाउँदै आएको छ र अमेरिकालगायत विश्वका कैयौं देशले इरानमाथि प्रतिबन्ध लगाएका छन्। उसका ती परमाणु परियोजनाहरूलाई इजरायलले भने आफ्नो अस्तित्वका लागि ‘खतरा’ भनेको छ। तिनै परमाणु परियोजनाहरूलाई ध्वस्त पार्ने उद्देश्यका साथ इजरायले आक्रमण सुरु गरेको हो। यो आक्रमणको सुरुवातमै इजरायले इरानको ‘परमाणु प्रशोधन केन्द्रको मुटुमै’ प्रहार गरिएको जनाएको छ। यो प्रशोधन केन्द्र इरानको राजधानी तहरानभन्दा कम्तीमा २५५ किलोमिटर दक्षिणमा पर्ने नान्ताज सहरमा छ
बिएल संवाददाता - काठमाडौं
हाल कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
बुधबार मध्यरातमा आदेश जारी गर्दै अदालतले अरु ३२ जनालाई भने धरौटी जमानतमा रिहा गर्न भनेको छ। यसरी धरौटीमा रिहा हुनेहरूलाई १० हजारदेखि १ लाखसम्म धरौटी तोकिएको छ। दुर्गा प्रसाईंसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपानी रेग्मी, शुसिल बराल, केशव बस्नेत र कुमार तामाङ पुर्पक्षका लागि थुनामा गएका छन्।
बिएल संवाददाता - काठमाडौं
नारायणी यातायात व्यवस्था कार्यालय, वीरगञ्जमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा खुलेआम असुली र मिलेमतो भइरहेको तथ्य उजागर भएको छ। ट्रायल प्रमुख रामसुन्दर महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका वरिष्ठ सई गुणानिधी खकुरेलको मिलोमतोमा यातायात कार्यालयमा भ्रष्टाचार र अनियमितता भइरहेको खुलेको हो। सेवाग्राहीहरूले सो कार्यालयमा व्यापक अनियमितता हुने गरेको भन्दै गुनासो गर्ने गरेका छन्। गत चैतमा ट्रायल प्रमुखको जिम्मेवारी पाएका शेखर साहलाई महिना दिन पनि नपुग्दै हटाएर अनियमितता गर्ने योजनाका साथ महतोलाई प्रमुखको जिम्मेवारी दिइएको थियो। महतोलाई सेवाग्राहीहरूसँग पैसा उठाएर ठुलो मात्रामा रकम प्रदेशका मन्त्रीहरू समक्ष समेत पुर्याउने गरेको आरोप लाग्ने गरेको छ।
बिएल संवाददाता - विरगंज
यो परियोजनामा छनोट भएको लगभग १२ वर्षपछिमात्रै नेपालमा एमसिसीको परियोजना अघि बढेको थियो। अनेक राजनीतिक विवादका बीच २०७८ फागुन १५ गते संसदले एमसीसी कम्प्याक्ट सम्झौता अनुमोदन गरेको थियो। यो लगभग ९२ अर्ब बराबरको अनुदान परियोजना हो। सुरुमा ६० अर्ब प्रस्ताव गरिएको थियो। तर विदेशी मुद्रामा आएका परिवर्तनसँगै लागत बढेर ९२ अर्ब पुगेको हो। यसमा नेपाल सरकारले लगभग २६ अर्ब खर्च गर्ने भनिएको थियो। पाँच वर्षका लागि भनिएको यो परियोजनामा नेपालमा अन्तरदेशीय विद्युत प्रशारण लाइन र केही सडकहरूको विस्तार र मर्मत गर्ने भनिएको थियो। ट्रम्प प्रशासनको निर्णयसँगै नेपालमा पनि यो परियोजना अब सुरु हुन्छ कि हुँदैन भन्ने अन्योल छ।
बिएल संवाददाता - काठमाडौं
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस, बाग्मती प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी, मधेस, बाग्मती प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।
बिएल संवाददाता - काठमाडौँ
'जनसवाल राष्ट्रिय दैनिक पत्रिकामा फतुवा बिजयपुर नगरपालिकाको विज्ञापन आजको मितिसम्म कहिल्यै छापिएको छैन्, यससम्बन्धमा प्रेस काउन्सिल नेपालको अभिलेखलाई हेर्दा पनि स्पष्ट हुन्छ। किनकि हाम्रो प्रकाशनबाट प्रकाशित सबै अंक पत्रिका पहिलेदेखि नै त्यहाँको रेकर्डमा हार्डकपि र डिजिटल कपी रहने गरेको छ। उनले आज विज्ञप्ति जारी गर्दै भनेका छन, 'अख्तियारको आरोप पत्र हेर्दा कसैले हाम्रो जानकारी विना नै अनधिकृत तरिकाले जनसवाल राष्ट्रिय दैनिकको नक्कली पत्रिका छपाई गरेर या फोटोकपी गरेर भुक्तानी लिई हाम्रो बदनाम गर्ने तथा अनियमितता गरेको देखिन्छ।'
बिएल संवाददाता - काठमाडाैं
सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरूविरुद्धको निर्णय असार १८ गते तोकिएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा आज फैसला आउने भनिए पनि निर्णय सुनाउने मिति सरेको हो।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको सामाखुसी करिडोरअन्तर्गतको ढल निर्माणको ठेक्कामा अनियमितता भएको भन्दै बुधबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘अख्तियारले एउटा कर्मचारी माथी कारवाही सुरु गरेको हो। एउटा कर्मचारीले गरेको गल्तीमा मन्त्रीले राजीनामा दिदै जाने हो भने देखि सरकार नै चल्दैन,’मन्त्री गुरुङले भने, ‘गृहमन्त्रीको राजीनामा आउदैन भनेर मैले त्यो बेला नै भनेको थिए। अहिले जसरी संसद अवरुद्ध भइरहेको छ सत्ता पक्ष र प्रतिपक्ष बिचमा लामै छलफल चलिरहेकोछ। अब आज भोलीमा सम्भवत संसद खुल्ने सम्भावना पनि छ।’
बिएल संवाददाता - काठमाडाैं
सरकारले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ। गत जेठ २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृत गरेको प्रवक्ता पृथ्वी सुब्बा गुरुङ्गले जानकारी दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ। सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुल, एप्रोच सडक, कालोपत्रे, र ट्राफिक लाइट जडान समेतको काम भईरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
केही दिनदेखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - जनकपुर
नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन्।
बिएल संवाददाता - बारा
अन्तिम फैसला आउनुअघि यो बीचमा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुखहरूको पदावधि सकिइसकेको छ। धेरै सदस्यहरू पनि उमेर हद र अरु कारणले अवकाशमा गइसकेका छन्। अख्तियार तथा मानवअधिकार आयोगजस्ता केही प्रमुख संवैधानिक आयोगमा भने अहिले पनि उनै पदाधिकारी छन्।
बिएल संवाददाता - काठमाडौं
प्रदर्शनका क्रममा अहिलेसम्म २ सयभन्दा धेरै आन्दोलनकारीहरू स्थानीय प्रहरीले गिरफ्तार गरेको छ। कर्फ्यू आदेश उल्लंघन गर्नेहरूलाई तत्काल सुरक्षाकर्मीले गिरफ्तार गर्नसक्ने भन्दै स्थानीय प्रशासनले सचेत र शान्त रहन सहरवासीलाई अपिल पनि गरेको छ। अमेरिकाकाे सबैभन्दा ठूलाे सहर लस एन्जलस यतिबेला तनावग्रस्त छ। संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभाग (आईसिई) को कारबाहीको विरोधमा व्यापक प्रदर्शन जारी छ। प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको हो।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ सङ्क्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरुमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको छैन। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबार पनि सुदूरपश्चिममा भारतबाट आएका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ। निर्देशनालयका अनुसार गौरीफन्टा र झुलाघाट नाकामा एक/एक जनामा सङ्क्रमण देखिएको हो। सुदूरपश्चिमका विभिन्न नाकाबाट ६४३ जना नेपाल भित्रिएका थिए। जसमध्ये १४ जनाको परीक्षण गरिएकोमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। गड्डाचौकी नाका भारतको राजधानी दिल्लीबाट सबैभन्दा नजिकको नाका हो। यही नाका भएर भारतका विभिन्न ठाउँका लागि नेपाल–भारतमैत्री बसहरु लागि सञ्चालनमा छन्। परीक्षण कीट नहुँदा यात्रुको स्वास्थ्य परीक्षण गर्न सकिएको छैन।
बिएल संवाददाता - कञ्चनपुर