भोलि राजावादी र गणतन्त्रवादी आमने-सामने हुँदै, २५ सय प्रहरी परिचालन
नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले चैत १५ गते शुक्रबारको राजावादी र गणतन्त्रवादी प्रदर्शनका लागि २५ सय सुरक्षाकर्मीलाई खटाउने तयारी गरेको छ। प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले सुरक्षा व्यवस्थापनको तयारीमा विशेष ध्यान दिएको बताए। उनले भने, ‘दुईवटा स्थलहरूमा प्रर्दशन हुँदैछ। जसमा तीनकुने र प्रदर्शनीमार्गमा ट्राफिक ड्राइर्भसन गर्ने व्यवस्था मिलाएका छौं। यसको लागि झण्डै २५ सय जति सुरक्षाकर्मीहरू नेपाल प्रहरीको तर्फबाट खटाएको छौं। ट्राफिक प्रहरीको अलग्गै व्यवस्था छ।’ साथै प्रहरी प्रवक्ता आचार्यका अनुसार, प्रदर्शनका कार्यक्रमहरू सडकमा हुने भएकाले त्यसका लागि विशेष सुरक्षा व्यवस्थापन समेत गरेको बताए।
बिएल संवाददाता - काठमाडौं