देशको ध्यान मधेसमा केन्द्रित छ: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले देशकै ध्यान मधेसमा केन्द्रित भएकाे बताएका छन्। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेसतिर केन्द्रित हुन थालेको बताएका हुन्। यसले मधेसका समस्या पहिचानमा फाइदा पुग्ने उनकाे भनाइ थियाे।
बिएल संवाददाता - सर्लाही