आज यी चार प्रदेशमा भारी वर्षा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
बिएल संवाददाता - काठमाडौँ
राप्रपाले रुपन्देहीको क्षेत्र–३ मा हुने उपनिर्वाचनका लागि आवश्यक तयारी थालेको छ। बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचनको आवश्यक प्रक्रिया र तयारी थालेकाे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
गायिका एलिना चौहानलाई फेसबुकमा गाली गर्ने एकजना ‘कवि’लाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले चितवनका साहित्यकार गुञ्जन राईलाई पक्राउ गरेको हो। केही दिनअघि गायिका चौहानले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
बिएल संवाददाता - काठमाडाैं
यो दिनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इतिहासकै सबैभन्दा भव्य बनाउने घोषणा गरिसकेका छन्। सुरक्षा अधिकारीहरूले स्वतन्त्रता दिवस मनाउनका लागि आयोजना भएका समारोहमा एकल वा सामूहिक आतंकवादी आक्रमण हुनसक्ने सूचना पाएको बताएका छन्। त्यस्तो सम्भावित जोखिमलाई ध्यान दिँदै सबै सुरक्षा निकाय उच्च तयारीमा रहेको र कुनै पनि आक्रमणलाई निस्तेज पारिदिने पनि उनीहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र नेपाल विद्यालय खेलकुद महासङ्घबीच विद्यालयहरूमा खेलकुद कार्यक्रमहरूको प्रवद्र्धन तथा अभिवृद्धिमा सहकार्य गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
बिएल संवाददाता - काठमाडाैं
‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ, मलाई त सोधिएको छैन,’ झाँक्रीले भनिन्, ‘टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसावले। १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो।’
बिएल संवाददाता - काठमाडाैं
संघीय संसदअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बिहीबार बसेको ६० औँ बैठकमा मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी कानुन कार्यान्वयन र चुनौतीका विषयमा छलफल भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल पुगेको छ। जारी प्रतियोगिताअन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले मलेसियालाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले १४.४ ओभरमै भेटाएको थियो। त्यसक्रममा नेपालको एक विकेटको क्षति भयो।
बिएल संवाददाता - काठमाडाैं
बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन्। भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन्।
बिएल संवाददाता - बारा
कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र जयविरलाई जोडेर रिपोर्ट प्रशारण गरेको आरोपमा उनीविरुद्ध जिल्ला अदालतबाट साइबर अपराध मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो। उच्चले जिल्लाको आदेश कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिएपनि ब्यूरोले भने पाठकविरूद्ध जेठ २७ मा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति आएको सूचना जारी गरेको हो। अहिले भने प्रहरीले पक्राउ नगरेरै उनीविरुद्ध मुद्दा दायर गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको संघीय रिजर्व बैंकका प्रमुख जेरोम पावेललाई तत्काल राजीनामा दिन भनेका छन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथमार्फत उनले ‘टू लेट्’ भन्दै पावेललाई ‘तत्कलै राजीनामा दिनुपर्ने’ बताएका छन्। यो अमेरिकी बैंकिङ नीति बनाउने केन्द्रीय बैंकिङ प्रणाली हो। यसअघि पहिलो कार्यकालका बेला ट्रम्प आफैले उनलाई नियुक्त गरेका थिए। ट्रम्पले पटक पटक ब्याजदर कतौती गर्न आग्रह गर्दा पनि पावेलले त्यसलाई वेवास्ता गर्दै आएका छन्।
बिएल संवाददाता - काठमाडाैं
उत्तर कोरियाली सैनिकहरू हजारौं किलोमिटर पार गरेर साइबेरिया हुँदै रुसको युद्ध क्षेत्रतर्फ प्रस्थान गरिसकेका छन्। त्यसका लागि युद्धपोत बिमानहरू, तथा सामुद्रिक हतियारहरू र बन्दोबस्तीका सामग्रीहरू रुसले तयारी अवस्थामा राखेको छ। वायु सेनाका लागि कैयौं विमानस्थलहरू र जलसेनाका लागि बन्दरगाहहरू पनि तयारी अवस्थामा छन्। रुस र उत्तर कोरियाबीच राजनीतिक र कुटनीतिक सम्बन्ध झाँगिदै जाँदा अब सैन्य साझेदारी पनि बलियो हुँदै गएको देखिन्छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबारमात्रै बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले पनि उक्त विषयमा छानबिन समिति बनाउनका लागि सभामुखलाई आग्रह गर्ने निर्णय गरेको थियो। सभामुख देवराज घिमिरेले छानबिन समिति कस्तो बनाउने र त्यसको कार्यादेश कस्तो हुने भन्नेबारेमा बुधबार नै पार्टीका प्रमुख सचेतकहरूसँग परामर्श थालेका छन्। समितिको निर्णय लगत्तै सभामुखले छानबिन समितिबारे परामर्श सुरु गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
भित्र बैठकमा महाधिवेशनको मिति तय हुँदै गर्दा पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशन जारी राखेका छन्। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्नु एक दिन अघिदेखि कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटाले आमरण अनशन सुरु गरेका हुन्। अनशनमा रहेका उनीहरुले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन ।
बिएल संवाददाता - काठमाडाैं
गृहमन्त्री रमेश लेखकले वर्तमानमा सत्ता गठबन्धनलाई २०८४ सम्म लिएर जानुपर्ने बताएका छन्। बुधबार डडेल्धुरामा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा गृहमन्त्री लेखकले कांग्रेस र एमालेको गठबन्धन विकल्प नभएको बताएका हुन्। उनले भने, ‘मैले हिजो पनि पार्टीको केन्द्रीय समिति बैठकमा ८४ सम्म यो गठबन्धनलाई निरन्तरता दिनुपर्छ। सरकार बनेको १ वर्ष हुन थालिसकेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू हुनुहुन्छ। एक वर्ष पछि हाम्रो पार्टी सभापति आदरणीय नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ। ८४ को निर्वाचन शेरबहादुर दाइले गर्नुहुन्छ।’
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका केन्द्रीय सदस्यसमेत रहेका कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्। कर्णाली विकास बैंकमा रकम अपचलन प्रकरणमा उनी पक्राउ परेका हुन्। विसं २०६६ सालदेखि ०७५ सालसम्म उनी बैंकका अध्यक्ष थिए। नेपालगञ्जबाट उनलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रवक्ता तथा एसपी युवराज खड्काले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा आन्दोलनलाई प्रभावकारी बनाउन नसकेको भन्दै उनले भने, ‘हामीले ठिक तरिकाले संगठन निर्माण गर्न नसक्दा र आम जनतालाई ठिक तरिकाले बुझाउन नसक्दा हामीले आन्दोलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सकेनौँ। तर फेरि पनि भन्छु हामीले यो देशमा यथास्थितीको अन्त्य गरेर एउटा नयाँ सम्झौता र समझदारीबाट देशलाई अगाडि लानको लागि आन्दोलन गर्नैपर्छ र आन्दोलन उठाउनै पर्छ। आन्दोलन अनिवार्य छ र हामीले गर्ने संगठनको सबै क्रियाकलापहरु आन्दोलनको तयारीको रुपमा नै हामीले बुझ्नुपर्छ।’
बिएल संवाददाता - काठमाडाैं
बंलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी) ले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनाको मुद्दामा ६ महिनाको जेल सजाय सुनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
‘भविष्यमा मेरो (दलाई लामा)को पुनरावतार (उत्तराधिकारी) छान्ने अधिकार गादेन फोड्राङ ट्रस्टलाई मात्रै छ’ उनले भनेका छन् ‘मेरो मृत्युपछि पनि यो परम्परा जारी रहनेछ।’ त्यो ट्रस्ट भनेको उनी आफैले स्थापना गरेको बौद्ध धर्म प्रवर्द्धन संस्था हो। यो ६०० वर्षभन्दा पुरानो परम्परालाई कसैले पनि तोड्न नसक्ने पनि उनले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आफ्नो इमान्दारितामाथि प्रहार भएको आरोप लगाएका छन्। बुधबार बसेको समितिको बैठकमा बोल्दै उनले आफू कुनै पनि बदमासीमा संलग्न नभएको दाबी गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .