भारत : केमिकल कारखानामा आगलागी, २७ को मृत्यु, २४ जना वेपत्ता
भारतको तेलङ्गाना राज्यस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। साङ्गारेड्डीको पासमइलरम औद्योगिक क्षेत्रमा रहेको एउटा केमिकल कारखाना आगो लाग्दा त्यसमा जलेर मृत्यु हुनेमध्ये अधिकांश मजूदरहरू छन्। स्थानीय प्रशासनका अनुसार अहिलेसम्म ३५ जना घाइते भएका छन् भने २४ जना वेपत्ता छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रशासनले जनाएको छ। बाँकी ५७ जनाको जिवितै उद्धार गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं