रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित पुर्याइयाे
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइएकाे छ। सहकारीको रकम अपचलन गरेको आरोपमा प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार बिहान अदालत लगिएकाे हाे। लामिछानेमाथि पुनः म्याद थप्ने तयारी रहेकाे बताइएको छ।
बिएल संवाददाता - काठमाडौं