स्वास्थ्य क्षेत्रमा अरु देशले नगरेका उपलब्धिहरु नेपालले गरिसकेको छ: मन्त्री पौडेल
उनले भने ,‘स्वास्थ्य प्रणाली सुधारका निम्ति थुप्रै विषयहरु छन्। नेपालले संसारमा अरु देशले नगरेका उपलब्धिहरु कति विषयमा गरेको छ। क्रमिक रुपमा सुधारको बाटोतर्फ नेपालको स्वास्थ्य संस्था अगाडि बढिरहेको छ। तर नेपाली जनतालाई अनुभूति गर्नेगरी ,आम नेपालीलाई सेवा प्रदान गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ।’
बिएल संवाददाता - काठमाडौं