आइतबार, ०९ नोभेम्बर २०२५

सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ: उपप्रधानमन्त्री सिंह

‘संविधान संशाेधनकाे प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेकाे कार्यदल गठन भइसकेकाे छ’, उनले भने, ‘कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ। सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनकाे प्रक्रिया अगाडि बढ्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कैलालीमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट, ४ जना पक्राउ

कैलालीमा बोक्सीको आरोपमा एक महिलामाथि निर्घात कुटपिट भएकाे छ। भजनी नगरपालिका १ गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोपमा कुटपिट भएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्थानीयको विरोधपछि हेटौँडा-काठमाडौं जोड्ने सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने सहमति

यसअघि सडक स्तरोन्नतिको कारण काठमाडौँको सडक डिभिजन कार्यालयले पुस ७ गतेदेखि माघ ६ गतेसम्म २४सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो। तर स्थानीयवासीको विरोधपछि बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र सडक बन्द गरिने र त्यसबाहेकका समय बिहान र बेलुका सञ्चालन गरिने सहमति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौँडा

‘नेपालमा क्रिसमसको अर्थ नै नबुझी मनाउने गरिन्छ’

उनले भने, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन्। हरेक व्यक्तिले चाँही यो पनि बुझ्नुपर्दछ कि येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भूल्नु हुँदैन।  येसु ख्रिस्ट पापको निम्ती पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अज्ञात रोगबाट मुगुमा १०० बढी चौरीहरू मरे

हिमाली जिल्ला मुगुमा अज्ञात रोगबाट चौरी तथा याकहरू धमाधम पर्न थालेपछि किसान चिन्तित भएका छन्। मुगुम कार्मारोङ्ग गाँउपालिका २ मुगु गाउँमा चौरी तथा याकहरू प्रत्येक घरमा चार-पाँच वटा याक तथा चौरीहरू मरेको स्थानीयले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मुगु

एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तय भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज ‘क्रिसमस डे’ मनाइँदै, देशैभर सार्वजनिक बिदा

आज नेपालसहित विश्वभर ‘क्रिसमस डे’ मनाइँदै छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मदिनको सम्झनामा यस दिवस मनाइने गरिन्छ। दिवसका अवसरमा आज देशभर नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आज यी ठाउँमा वर्षाको सम्भाना

आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना रहेको छ। पश्चिमी वायुका साथै पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले विभिन्न ठाउँमा वर्षाको सम्भाना देखिएको हो। हाल बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा र हिमपात भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘द्वन्द्व पीडित जिम्मेवार हुने तर सरकार गैर जिम्मेवार हुने उल्टो अभ्यास भइरहेको छ’

द्वन्द्वमा बलात्कार पीडित महिलाको राष्ट्रिय संगठनकी संयोजक देवी खड्काले पीडितहरू जिम्मेवार हुने र सरकार गैरजिम्मेवार हुने उल्टो अभ्यास भइरहेको बताएकी छिन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पीडितलाई न्याय दिन सरकारले बाहानाबाजी मात्रै गर्ने काम गरेकाे बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सहकारी ठगीमा एमालेकी पूर्व सांसद गुरुङ पक्राउ

पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संगलग्न रहेको आरोपमा एमालेकी गण्डकी प्रदेशकी पूर्व सांसद मीना गुरुङ पक्राउ परेकी छिन्। उनलाई मंगलबार कास्की प्रहरीले घरबाटै पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - पाेखरा

‘जमिन मुनिबाट सुन निकालिदिन्छु’ भनी २ करोड ठगी, भारतीय नागरिक पक्राउ

जमिन मुनिबाट सुन निकालिदिन्छु भनी दुई करोड ठगी गरेकाे आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतकाे उत्तर प्रदेश, बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सकियाे छविकाे बयान, रविकाे अझै बयान सुरू भएन

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका जाेशीको बयान मंगलबार दिउँसो सकिएको हाे। जाेशीको बयान सकिएसँगै लिला पछाईंकाे बयान सुरू भएकाे छ। सँगै मुद्दा दर्ता भएका ​राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भने अझै बयान सुरू भएकाे छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा हुनुपर्छ’

उनले भने, ‘सरकारले पहिचान गरेका आयोजनाहरुमा अनिवार्य प्रतिस्पर्धा गर्नुपर्छ। तर, निजी क्षेत्रको सन्दर्भमा उनीहरुले पाउने क्षेत्रअधिकारभित्रको प्रयोग गर्न दिनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताको बलिदानबाट आएको संविधानलाई कमजोर बनाउने सोच राख्नु गलत: अध्यक्ष दाहाल

उनले भने, ‘नेपाली जनताले विभिन्न समयमा गरेको विभिद् प्रकारको आन्दोलनहरु त्यो बलिदान, त्याग, तपस्याको योगबाट पैदा भएको यो संविधानसभा र त्यो संविधानसभाबाट निर्माण गरिएको यो संविधान हो। यो कसैले सजिलै लहरको भरमा भन्दिएर कतै यो कमजोर हुन्छ कि भन्ने सोच राख्नुपनि गल्ती हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्छाैँ: गृहमन्त्री

उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौँ। संविधानको समीक्षा गर्छौँ। विषयहरुको पहिचान गर्छौँ। चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौँ र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ। यसमा समय लाग्छ। तर त्यो प्रक्रिया अगाडि बढ्छ। संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो। म यो प्रतिवद्धता जनाउँछु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने राज्य व्यवस्था समितिबाट पनि निलम्बित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट पनि निलम्बित भएका छन्। राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समिति सदस्य नरहेको घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परीक्षामा पास भएकाे पार्टी गरेर बिल तिर्दा झडप, एक जनाकाे हत्या

‘गुरुङसहित ७–८ जना साथीहरू परीक्षामा पास भएकाे खुसीयालीमा क्याफेमा पार्टी गर्न पुगेका रहेछन्। पार्टी गरेर बिल तिर्दा क्याफेका स्टाफ भट्टसँग विवाद भएको रहेछ। त्यसपछि भट्टले चक्कु प्रहार गर्दा गुरुङकाे मृत्यु भएकाे बुझिएकाे छ’, प्रहरी स्राेतले भन्याे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन अध्यक्ष मुलुकका नाताले आफूहरुले पहल गरिरहेको र यसमा आबद्ध मुलुकले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उमेरले ५० नाघेकी लक्ष्मी छोरासँगै दीक्षित हुँदै (भिडियाे)

‘म अहिले ५० नाघिसकेँ। ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीँबाट पास गरेको हुँ। पढाइ छाडेको २० वर्ष भयो। घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिइनँ। तर अचानक पढाई पूरा गर्ने सोचअनुसार हाललाई त्यो पूरा गरेको छु। र दिक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैले मेरा बच्चाहरुसँगै बसेर पढेँ। परिवारको साथ र सहयोगले पढाइ पूरा गरेर दीक्षित हुने रहर लागेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालकोटमा बाबुछोरा हत्या प्रकरण: जेठाेले गरे प्रहरीमा आत्मसमर्पण

भक्तपुरको बालकोटकाे बाबुछोरा हत्या प्रकरणमा जेठाे छाेरा मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन्। सूर्यविनायक नगरपालिका-२ बालकोटकाे फिकाधारा टोलमा साेमबार बिहान खोटाङ घर भएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्यकाे हत्या भएकाे थियाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं