एकै परिवारले फलायाे ३५ लाखको सुन्तला
स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँलास्थित एकै परिवारले रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेका छन्। सफल सुन्तला उत्पादक किसानको पहिचान बनाएका यहाँका ८२ वर्षीय किसान देवीप्रसाद भण्डारीका छोराहरूले यस वर्ष रु ३५ लाखको सुन्तला उत्पादन गरेर बिक्री गरेको बताए।
बिएल संवाददाता - स्याङ्जा