बिएल संवाददाता
प्रयाेगकर्ता (डाउनलाेड)का आधारमा इन्स्टाग्राम विश्वकाे १ नं. सामाजिक सञ्जाल बनेकाे छ।
फेसबुक र टिकटकलाई उछिनेर इन्स्टाग्राम विश्वकाे १ नं. बनेकाे हाे। विश्वका धेरै देशहरुले टिकटकलाई प्रतिबन्धित गर्दा इन्स्टाग्रामले याे माैका पाएकाे हाे।
सेन्सर टावरको रिपोर्टअनुसार विश्वमा इन्स्टाग्रामको डाउनलोड २० प्रतिशतले बढेको छ। सन् २०२३ मा इन्स्टाग्राम एप ७६ करोड ७० लाख पटक डाउनलोड भएको थियो, जुन अघिल्लो वर्ष अर्थात् २०२२ को तुलनामा २० प्रतिशत बढी हो।
टिकटकको बारेमा कुरा गर्दा यो ७३.३ करोड पटक डाउनलोड गरिएको थियो। यो चिनियाँ एप भारतमा प्रतिबन्धित छ भने अमेरिकामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।
इन्स्टाग्रामको लोकप्रियता २०२० बाट बढेको छ। किनकि, रिल्स यसै वर्ष लन्च गरिएको थियो। मानिसहरूको भिडियोको क्रेजपछि मात्र इन्स्टाग्राम रिल्स लन्च गरिएको हो। इन्स्टाग्राम रिल्स एक सुविधा हो, जसमा प्रयोगकर्ताहरूले छोटो क्लिपहरू सिर्जना गरेर यस प्लेटफर्ममा भिडियोहरू शेयर गर्न सक्छन्।
इन्स्टाग्रामको रिल्स फिचर युवा पुस्तामा सबैभन्दा लोकप्रिय छ। युवायुवतीले विभिन्न विषयमा भिडियो बनाएर इन्स्टाग्राममा शेयर गर्ने गरेका छन्। यो इन्स्टाग्राम एपको बढ्दो लोकप्रियताको प्रमुख कारण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन।
डाउनलोडको मामिलामा इन्स्टाग्राम विश्वको नम्बर १ एप बन्न सक्छ तर समय बिताउने हिसाबले टिकटक अझै अगाडि छ। गत वर्षको तथ्याङ्क अनुसार प्रयोगकर्ताहरूले टिकटकमा औसत ९५ मिनेट खर्च गरेका थिए जबकि इन्स्टाग्राममा यो समय ६२ मिनेट थियो।
यसबाहेक प्रयोगकर्ताहरूले ट्विटरमा ३० मिनेट र स्न्यापच्याटमा १९ मिनेट बिताएको तथ्यांकले देखाएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया