विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, पुस मसान्तसम्म १८ खर्ब नाघ्याे
गत असार मसान्तसम्ममा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति छ महिना अवधिमा १८ प्रतिशतले वृद्धि भई पुस मसान्तसम्ममा रु १८ खर्ब १६ अर्ब ५७ करोड पुगेको छ। जुन हालसम्मकै उच्च विदेशी मुद्रा सञ्चिति हो। योसँगै विदेशी मुद्रा सञ्चिति नेपालको वार्षिक बजेटको आकारभन्दा ठूलो देखिएको छ।
बिएल संवाददाता - काठमाडौं