बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८४ अङ्कले ओरालो लागेर दुई हजार ८० दशमलव ८७ मा सीमित भएको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ८३ अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ८१ मा सीमित भएको छ। आज कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ।
कूल एक करोड १४ लाख ८३ हजार छ सय १७ कित्ता शेयर रु तीन अर्ब ९४ करोड ३५ लाख ९२ तीन सय दुई मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा माथिल्लो तामाकोशी शीर्ष स्थानमा छ।
सो कम्पनीको रु ५० करोड ८९ लाख आठ हजार ९९ बराबरको कारोबार भयो। शिवम् सिमेन्ट रु २४ करोड चार लाख ५० हजार पाँच सय २९, सोनापुर सिमेन्ट रु १६ करोड २४ लाख ३४ हजार आठ सय ५०, गुर्खाज फाइनान्स रु १२ करोड ७६ लाख ६५ हजार छ सय ८९ र हिमालयन रिइन्स्योरेन्स रु नौ करोड ८४ लाख १२ हजार सात सय १८ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, वीन नेपाल लघुवित्त र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त नौ दशमलव ९२, गुर्खाज फाइनान्स आठ दशमलव शून्य आठ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सात दशमलव ७१ प्रतिशतले कमाएका छन्।
यस्तै स्वाभिमान लघुवित्त ६ दशमलव शून्य दुई, जाल्पा सामुदायिक लघुवित्त पाँच दशमलव ६६, देउराली लघुवित्त पाँच दशमलव ३१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव २० र एनआइसी एशिया लघुवित्तका लगानीकर्ताले पाँच दशमलव १३ प्रतिशतले गुमाएका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया