बढ्यो पेट्रोलको मूल्य, डिजेल र मट्टितेलको घट्यो
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। आइतबार राती १२ बजेदेखि लागू हुने गरी २ रुपैयाँ बढाएर पोट्रोलको मूल्य १५९ रूपैयाँ ५० पैसा कायम गरिएको छ। डिजेल र मट्टितेलमा भने २ रूपैयाँ मूल्य घटाइएको छ।
बिएल संवाददाता - काठमाडाैँ