बिएल संवाददाता
अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवासको विषयलाई व्यवसायको अर्थमा मात्र बुझ्न नहुने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो महासभालाई सम्बोधन गर्दै उनले, जग्गा तथा आवासको विषयलाई राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्गको रुपमा बुझ्नलाई आग्रह गरेका हुन्।
उनले भने, ‘जग्गा तथा आवासको विषयलाई निरपेक्ष रुपमा व्यवसायको मात्र अर्थमा बुझ्नु हुँदैन। यो राष्ट्र निर्माणको एउटा महाअभियानको महत्वपूर्ण अङ्ग हो। महत्वपूर्ण कडि हो भन्ने राख्दछु। त्यसैले मुनाफाको लागि व्यवसायको रुपमा मात्र नभएर देश निर्माणको अभियानमा योगदान गर्ने व्यवसायीको रुपमा म सम्मान गर्न चाहन्छु।’
उनले अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ। त्यो ऐनको कार्यान्वयनको लागि सरकारले पहल गर्ने पनि प्रतिबद्धता जनाए।
उनले भने,‘अनुमति प्राप्त कम्पनिबाट मात्रै घर जग्गा कारोबार हुने जुन ऐन बनेको छ। त्यो ऐनको कार्यान्वयनको लागि नियमावली बन्नुपर्यो। र यो छिटो कार्यान्वयनमा आउनुपर्यो भन्ने माग छ। यसतर्फ सरकारको ध्यान जाने छ।’
अर्थमन्त्री पौडेलले पछिल्लो दिनहरुमा घर जग्गा कारोबारमा आएको संकुचनलाई अन्त्य गर्ने पहलमा सरकार रहेको बताए।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया