
बिएल संवाददाता
नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी), जलवायु अनुकूल परिदृश्य र जीवनयापनका लागि सहुलियतपूर्ण ऋण साथै अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल र एडीबीबीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना र जलवायु प्रतिरोधी परिदृश्य र जीविका परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर)को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब एनपीआर बराबर) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा.रामप्रसाद घिमिरे र अर्नाउडले हस्ताक्षर गरेका हुन्।
आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागू हुने गरी १ लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने मन्त्रालयले जनाएको छ। परियोजनाको प्राथमिक उद्देश्यहरू कृषि उत्पादकत्वमा सुधार, वर्षभरि सिँचाइ सुनिश्चित गर्न र खाद्य सुरक्षामा योगदान पुर्याउनु रहेको मन्त्रालयले जानकारी दिएको छ।
त्यसैगरी सीएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरे।
यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापन मार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउने मन्त्रालयले जनाएको छ।
परियोजनाले दिगो जल व्यवस्थापन, कृषि वन, सिल्भिकल्चर र वन व्यवस्थापनमा ध्यान केन्द्रित गरी जलवायु चुनौतीहरूसँग अनुकूलन गर्न समुदायहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ।
परियोजनाले पानी सुरक्षा सुधार गर्न र जलवायु–प्रेरित चुनौतिहरूको लागि यस क्षेत्रको जोखिमलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सरकारको विश्वास छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया