बिएल संवाददाता
चीनमा निर्माण भएका तीन पाङ्ग्रे सवारीसाधनको माग विश्वभर बढेको पाइएको छ। ‘मेड इन चाइना’ लेखिएका त्यस्ता साधन निर्यातले चीनको अर्थतन्त्रमा समेत ठूलो प्रभाव पारेको चिनियाँ समाचार एजेन्सी सीसीटिभीप्लसले जनाएको छ।
मध्य चीनको हेनान प्रान्तको लुओयाङ सहरमा १५ वटा तीन पाङ्ग्रे र दुई सयभन्दा बढी तीन पाङ्ग्रे सवारीका पार्टपुर्जा उत्पादकहरू छन्। उत्पादक कम्पनीहरु बढ्नु भनेको निर्यातमा बृद्धि भएको अनुमान पनि गरिएको छ।
उत्पादक कम्पनीहरुका अनुसार तीन पाङ्ग्रेले दक्षिणपूर्व एसियामा स्थानीय पर्यटनको विकासमा सहयोग पुर्याउन दर्शनीय स्थलहरूका लागि प्रयोग गरिन्छ, अफ्रिकामा कार्गो ढुवानीका लागि प्रयोग गरिन्छ भने युरोपेली र अमेरिकी देशहरूमा खेत र तुलनात्मक रूपमा साँघुरो सडकहरूमा प्रयोग गरिने गरेको छ।
तीन पाङ्ग्रे सवारी साधनबारे भन्सारको तथ्याङ्क अनुसार गत वर्षको पहिलो ११ महिनामा मेकानिकल तथा विद्युतीय वस्तुको निर्यात १.८ ट्रिलियन अमेरिकी डलर पुगेको छ।
यो अघिल्लो बर्षको तुलनामा ८ प्रतिशतले बढेको हो । तीन पाङ्ग्रे सवारी चीनको कुल निर्यातको झण्डै ६० प्रतिशत हिस्सा ओगटेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया